३० कार्तिक २०८१, शुक्रबार
सामाजिक सरोकार मञ्च कोहलपुर र शिक्षण अस्पताल प्रशासन बिच छलफल


सामाजिक सरोकार मञ्चले कोहलपुरले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकहरू सँग मेडिकल कलेजले दिने सेवा सुविधाका विषयमा छलफल गरेको छ ।

छलफल सोमबार मेडिकल कलेज कोहलपुरमा भएको थियो । छलफलका क्रममा सामाजिक सरोकार मञ्च कोहलपुरका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले कोहलपुर मेडिकल कलेजले दिने सेवा सुविधामा सुधार गर्नुपर्ने तथा अन्य जिल्ला बाट स्वास्थ्य उपचार गर्न आउने विरामिहरुलाई सर्व सुलभ तरिकाले छिटो र छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेमा जोड दिएका थिए ।

श्रेष्ठले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर यस क्षेत्रको गौरवको संस्था भएको बताएका थिए । यसले कोहलपुरको आर्थिक विकासमा समेत महत्व पूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । कोहलपुर मेडिकल कलेजका कारण कोहलपुरमा होटल तथा व्यापार समेत चल्ने गरेको बताए । साथै पछिल्लो समयमा विभिन्न अस्पतालहरू समेत खुल्न थालेको बताएका थिए ।

यस्तै उक्त छलफलमा मेडिकल कलेजमा देखिएका केही समस्याहरू अव देखि हुन नदिन मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा। रेशम बहादुर रानाले प्रतिवद्धता जनाएका थिए । उनले भने मेडिकल कलेजको अबको प्राथमिकता भनेको स्थानीयले नै वढी सेवा सुविधा लिन लागी पर्ने वातावरण सृजना गर्न आफू र आफ्नो टिम लागी परेको बताएका थिए ।

 छलफलमा सामाजिक सरोकार मञ्च कोहलपुरका तर्फ वाट शेषकान्त शर्मा , ज्ञानेन्द्र खनाल , सुरेश कुमार चौधरी चिन्तामणि उपाध्याय ,प्रभात कुमार श्रेष्ठ, दीपक भण्डारी, चेतकान्त भट्टराई ,गौरी कान्त आचार्य ,जगतजंग बुढाथोकी ,मन्जु सत्याल रहेका थिए 

Nabintech