सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने बर्फानी बाबा आश्रम क्षेत्रमा शनिबार (आज) बृहत् सरसफाइ गरिदैछ ।
स्थानीय युवाहरूको अगुवाइमा बर्फानी बाबा सरसफाइ महाअभियान सुरु गर्न लागिएको हो । पछिल्लो समयमा बर्फानी बाबा आश्रममा भारत र नेपालका विभिन्न ठाउँबाट श्रद्धालुहरू पुग्ने गरेका छन् । आश्रम क्षेत्रमा शौचालयको समेत अभाव हुँदा दुर्गन्ध फैलिन थालेको दर्शनार्थीहरू बताउँछन् ।
सरसफाइ महाअभियानमा राप्ती सोनारी, नरैनापुर, कोहलपुर, नेपालगन्ज लगायत क्षेत्रका पाँच सय बढी युवा परिचालित हुने संयोजक हेमन्त चौधरीले जानकारी दिए ।