कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मंगलबार बाट शुरु भएको ८ औं वार्षिक साधारण सभाको बन्द सत्र बुधवार बिहान ११ बजेबाट शुरु हुनेगरि स्थगित भएको छ ।
मंगलबार उद्घाटन सत्र पछिको बन्द सत्रमा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक एवम् सचिवको सांगठनिक प्रतिवेदन पेश गरिएको सचिव प्रेम कटुवालले जानकारी दिए । नयाँ नेतृत्व चयनका लागी भएको साधारण सभा तथा अधिवेशनमा विधान संसोधन पछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरिने छ । नेतृत्व चयनका लागी सर्वसम्मतको प्रयास भई रहेको छ ।
कोहलपुर खानेपानीका ५ हजार २ सय सदस्य छन भने कोहलपुर नगरपालिका वडा नं १,२,५,१०,११र १२ नं वडामा सेवा दिदै आएको छ । साधारण सभाका अवसरमा बिभिन्न व्यक्तिहरू लाई सम्मान गरिएको थियो ।