३० कार्तिक २०८१, शुक्रबार
कोहलपुर खानेपानीको साधारण सभा तथा आधिवेशन जेठमा


कोहलपुर वृहत शहरी सरसफाइ तथा खानेपानी उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारण सभा तथा आधिवेशन यही जेठ २ गते हुने भएको छ ।

संस्थाका कोषाध्यक्ष एवं प्रचार प्रसार उपसमिति संयोजक एक नारायण चापागाँईले शुक्रवार बसेको संस्थाको बैठकले यस्तो निर्णय जानकारी दिए ।

सो वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने बताईएको छ ।

Nabintech