२९ कार्तिक २०८१, बिहीबार
मुद्धा दर्ताको माग सहित ईलाका प्रहरी कार्यालय कोहलपुरमा धर्ना


बाँके बैजनाथ ५ मा घरेलु हतियारको प्रहार बाट गम्भिर घाईते भएका काशिराम यादवका आफन्तले मुद्धा दर्ता माग सहित ईलाका प्रहरी कार्यालय धर्ना दिनु परेको छ । राजनैतिक दवावका कारण आफुहरुको जाहेरी ईलाका प्रहरी कार्यालयले दर्ता नगरिदिएको भन्दै सोमवार उनिहरु ठुलो सख्यामा स्थानिय सहित ईलाका प्रहरी कार्यालय कोहपुरको मुल गेटमा धर्ना दिनु परेको हो ।

फोटो : घाईते  काशिराम यादव

बाँके बैजनाथ ५ गुरुवागाउमा शनिबार भएको झगडामा बिभिन्न घरेलु हतियार प्रहारबाट घाईते भएका सोहि ठाउ निबासि राम निवासका छोरा काशिराम यादव सख्त घाईते भएका छन । घाईते यादवको कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भईरहेको छ भने सोहि झगडामा काशिरामका ८ बर्षिय छोरा मुकेश यादबको ढाड भाँचिएको छ भने बाबु राम निवास नि घाईते भएको स्थानियहरुले पत्रकारहरुसंगको भेटघाटमा बताए ।

सप्पल, खुर्पा लगाएत हातहतियारले जस्लाई देखे नि हिर्काउदै हिडेका अयोध्या प्रसाद यादवका छोरा राम किशोर यादबलाई मुद्धा चलाउन भन्दै आईतवार देखि पिडित पक्षहरु ईलाका प्रहरी कार्यालय कोहपुर आए पनि मुद्धा दर्ता हुन सकेको छैन । किन मुद्धा दर्ता गर्न ईन्कार गरिएको हो भन्ने प्रश्नमा प्रहरीसंग चित्तबझदो जवाफ नपाएको पिडितहरुको भनाई रहेको छ ।

केहि बर्ष अघि अयोध्या प्रसाद यादवकी छोरीसंग काशिराम प्रेम सम्वन्धमा हरेको बताईन्छ ।ईलाका प्रहरी कार्यालय कोहलुपुरले आईतवार छिटो मुद्धा लेखेर ल्वयाउन आग्रह गरेको र पछि मुद्धा दर्ता नगर्न र दर्ता गरे पछि कतिपय मानिसहरुको नाम हटाउन आग्रह गरेको स्थानिय सरापु चौधरीले बताए ।
प्रहरी जाहेरी दर्ता गरे निष्पक्ष तवर अनुषन्धन गनु पर्नेमा जाहेर दर्ता नर्गनु राजनैतिक दवाव हुन सक्ने उनको भनाई छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक प्रकास कार्किले जाहेरी दर्ता नगर्ने बताए । उनले कोहलपुरमा मुद्धा दर्ता नगरिने भन्दै माथिल्लो निकायमा जान भनि सकेको बताए ।

Nabintech