१८ बैशाख २०८१, मंगलवार
कोहलपुरका फुटपाथ र ठेला व्यवसायीहरु आक्रोशित, नगरपालिकाले व्यापार गर्न नदिए आत्मदाह गर्ने चेतावनी


कोहलपुर / कोहलपुर नगरपालिका भित्र सडकपेटि र फुटपातथमा आफ्नो ब्यापार ब्यवसाय गर्दै आएका स्थानिय व्यापारीहरुले व्यापार गर्न नपाएको भन्दै आक्रोशित भएका छन ।

कोहलपुर हुलाक कार्यालयको पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड र लाहुरे कटेजको पश्चिम बसपार्क र न्युरोड आसपास जहाँ मानिसहरुको चहलपहल बढी हुन्छ त्यस ठाउमा ब्यवसाय गर्न दिनुपर्ने भन्दै उनीहरु आज नगरपालिकामा धर्ना दिएका हुन् । यस्तै नगरप्रमुख पुर्णप्रसाद आचर्यले मेनरोडको २१ मिटर यताउता कुनै पनि हालतमा जस्तोसुकै व्यापार व्यवसाय गर्न नदिने बताएका छन् उनले तत्काल केही गर्न नसकिने तर विकल्पको रुपमा व्यापार संघले लिजमा लिएको एनटिभी रोडमा गएर व्यापार गर्न भनेका छन।

नगरप्रमुखको उक्त भनाई प्रती आक्रोशित हुँदै व्यापारीहरु कुनै हालतमा त्यहाँ नजाने भन्दै आन्दोलित भएका छन् । फुटपातथ र ठेलामा व्यापार गर्न लाग्दा कोहलपुर नगर प्रहरीले ज्याजती गर्दै अपमानित शब्द प्रयोग गर्ने गरेको सामान्नै उठाएर लगिदिने गरेको नगरप्रहरीले यसरी ज्यादती गर्दा आफ्नो अनि परिवारको रोजिरोटि समेत खोससिदिएको भन्दै मङ्गलबार आक्रोशित हुँदै स्थानिय सरकार मुर्दावाद भन्दै नाराबाजी गर्दै नगरपालिकामा आफनो माग सम्बोधन गराउन आईपुगेका हुन् ।

गएको जेठ महिनामा भोट हाली आफैले जिताएर पठाएका जनप्रतिनिधिहरुको निर्देशनमा गरि खाने बर्गलाई उपेक्षा हुनेगरि अपायक पर्ने एनटिभी रोडको तारझाली फेक्ट्री नीर ब्यबसाय गर्न भनेको प्रति आपत्ति जनाउदै ठेला ब्यबसायी ज्योति परीयारले नगरपालिकाले मान्छेको चहलपहल हुने ठाउमा ब्यबस्थापन गरिनुपर्ने यदि यस्तो नगरेमा आत्मदाहा गर्ने समेत बताएकी छिन् । ब्यवसायीहरुले ब्यापार ब्यबसायको लागि उपयुक्त ठाउको माग गर्दै संघिय सांसद  सुर्य ढकाललाई ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्रमा कोहलपुर हुलाक कार्यालयको पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड र लाहुरे कटेजको पश्चिम बसपार्क सम्म आफुहरुलाई ब्यबस्थापन गरिदिन आग्रह गरेका छन । ज्ञापनपत्र बुझदै संघिय सांसद माननिय सुर्य प्रसाद ढकालले नेपालको बिकास अनि सस्कार बनाउन भन्दा पनि भत्काउने संस्कार बढदै गएको प्रति आफु चिन्तित रहेका भन्दै स्थानिय सरकार, प्रदेश सांसद, संघिय सांसद र राजनैतिक दलका प्रतिनिधिहरु बसेर सामुहिक छलफल गरि उपयुक्त स्थान दिई यस बिषयलाई निकास दिने र फुटपाथ व्यावसायीलाई बताएका छन् ।

Nabintech