२० बैशाख २०८१, बिहीबार
हृदयघातका कारण नेपालगञ्ज विमानस्थलका सुरक्षा प्रमुुख भण्डारीको मृत्यु


नेपालगञ्ज विमानस्थलका सुरक्षा प्रमुख प्रेमसिंह भण्डारी हृदयघातका कारणले मुत्यु भएको छ ।

मंगलबार साँझ करिब ६ डिउटी गरिरहेका नेपालगञ्ज विमानस्थलमा रहेको भिआइपीहरुलाई भिआइपी रुममा लिँदै गर्दा एक्ककासी लडेको प्रहरी जनाएको छ ।

मंगलबार नेपालगञ्ज विमानस्थलको भिआइपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए ।

कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज आएका प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष बुद्ध एयरमा काठमाडौँ फर्किँदै थिए ।

लडेपछि प्रेसर उच्च भएका भण्डारीको हृदयघातका कारणले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Nabintech