१८ बैशाख २०८१, मंगलवार
एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य धितालले दिए राजीनामा


नेपालगन्ज / टिकट वितरणमा असन्तुष्टि जनाउँदै बाँकेमा एमालेका कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन । नेकपा एमाले बाँके क्षेत्र नम्बर ३ मा जनभावना विपरित पार्टीले उम्मेदवारहरू घोषणा गरेको भन्दै राजीनामा दिएका हुन ।
चाकडी र भेकियवादको आधारमा विगतका निर्वाचनदेखि नै जानकी र बैजनाथ गाउँपालिका तथा जयसपुर, परसपुरका जनताको उपेक्षा गर्दै पटक(पटक खजुरा गाउँपालिकाबाट मात्र उम्मेदवारी घोषणा विरुद्धमा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य पद र साधारण सदस्यसमेत नरहने गरी पदम धितालसहित जानकी गाउँपालिकाका अगुवा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन ।

Nabintech