१८ बैशाख २०८१, मंगलवार
राप्तीसोनारीको बालापुरमा करोडौंको डिप ट्युववेल मन्त्री अथकद्धारा उद्घाटन


कोहलपुर / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राप्ती सोनारी क्षेत्रलाई कृर्षि र पर्यटन क्षेत्रका रुपमा बिकास गर्दै लगिने बताएका छन ।
शुक्रबार राप्ती सोनारी ८ बालापुरमा निर्माण गरिएको डिप ट्युववेल को उद्धघाटन गर्दै मन्त्री अथकले सो कुरा बताएका हुन ।
उनले सिचाई सुबिधा भएपछि बालापुर क्षेत्रलाई अर्गानिक तरकारी उत्पादन गर्ने केन्द्रका रुपमा बिकास गनु पर्ने धारणा राखे ।
बाँके राष्ट्रिय निकुञ्जको बफर जोन भित्र पर्ने सो क्षेत्रमा बन्य जन्तु बाट हुने सक्ने जोखिम बाट बाच्दै पर्यटन केन्द्रका रुपमा समेत बिकास गर्नु पर्ने धारणा छ । उनले सो क्षेत्रमा उत्पादित अर्गानिक कृर्षि उपज कोहलपुर र नेपालंजको तारे होटलमा बिक्रि गर्न सकिने बताए ।


जनप्रतिनिधीहरुले बिकासका ढोका खोलिदिने काम गनु पर्ने बताउदै उनले सो बिकास लाई स्थानिय जनताले सदुपयोग गर्न सक्नु पर्ने बताए । सो क्षेत्रमा उनले डिप ट्युववेल , बिद्यालय भवन, तटबन्ध लगायतका संरचना निर्माणका लागी पहल गरेको स्थानियको भनाई छ । अथकले छिटै अव राप्ती सोनारी ८ नं वडालाई समेटने गरि ११ किलो मिटर लामो रिङरोड निर्माणका लागी पहल भई रहेको बताए । उनले आफु जनप्रतिनिधीका रुपमा रहदा र नरहे पनि एक राजनैतिक नेतृत्वका हिसावले पनि जनताको बिकासको चाहनालाई पुरा गर्न अहोरात्र खटिरहने प्रतिबद्धता व्यक्त गरेका छन । आफ्नो मन्त्री र सांसदको पदाअवधि छोटो रहेको र फेरी पनि जनप्रतिधी बन्न सक्ने तर्फ संकेत गर्दै उनले बाँकी कामहरु आगामी कार्याकालमा समेत ईमान्दारीता पुर्वक पुरा गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य पार्वती पुन उषा , राप्ती सोनारी ८ का अध्यक्ष सालिक राम डाँगीले लागयतले संघिय सांसद र मन्त्रीका रुपमा अथकले सो क्षेत्रको बिकासका लागी महत्वपुर्ण योगदान गरेको चर्चा गरेका थिए ।

१ करोडका लागतमा निर्माण सम्पन्न भएको सिंचाई आयोजना सम्पन्न भएपछि बालापुर गाउँका १५० बढि किसानका झण्डै ९० विगाह जमिनमा सिचाई सुविधा हुने बताईएको छ ।
आकासे पानीको भरमा सिचाई गर्न बाध्य बालापुरका किसानहरुलाई डिप ट्युववेल सिंचाई आयोजनाले निकै राहात भएको स्थानिय हिम लाल डाँगीले बताए । उनले मुश्किलले १ बाली मात्रै खेती हुने सो स्थानमा अव सहजै ३ बाली सम्म खेती गर्न सकिने बताए ।

Nabintech