१८ बैशाख २०८१, मंगलवार
केपी ओली र राजेन्द्र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल


काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। शुक्रबार बेलुका ओली निवास बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जाने लगायतका विषयमा उनीहरूबीच छलफल भएको हो।

चुनानी गठबन्धनको विषयमा कुरो भए पनि निर्णय भने भइसकेको छैन। लिङ्देन झापा ३ मा चुनाव लड्दैछन। २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए।

उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ।

 

Nabintech