१८ बैशाख २०८१, मंगलवार
निर्वाचनपछि एमाले बहुमत सहित सरकारमा : सुर्य थापा


नेकपा एमालेका नेता सुर्य थापाले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेपछि ५ दलीय गठबन्धन भएको टिप्पणी गर्नुभएको छ ।
प्रेस चौतारी बाँकेले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले सत्तापक्षले पराजित हुने डरले एमाले विरुद्ध गठबन्धन बनाएको भन्दै जनताले अस्वीकार गर्ने बताउनुभयो । उहाँले मंसिर ४ गते हुने निर्वाचनपछि एमाले बहुमतसहित सरकारमा जाने दावी गर्नुभयो । जनताको अपार साथ र माया एमालेलाई भएको भन्दै उहाँले जनताको आकर्षण एमालेप्रति मात्रै रहेको टिप्पणी गर्नुभयो । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका नेताहरु रुद्र सुवेदी, भेषराज बस्नेत लगायतको सहभागिता थियो ।

Nabintech