२ कार्तिक २०८१, शुक्रबार
महिला नेतृत्वको संघ बनाउने अवसर दिनुहोस् : धिताल 


शनिवार हुने कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा  प्रगतिशील व्यवसायी समूहबाट अध्यक्ष पदमा उमेदवार बनेकी अन्जना धितालले महिला नेतृत्वको सङ्घ बनाउने ऐतिहासिक अवसर आएको भन्दै सहयोग गर्न अपिल गरेकी छन । प्रचार प्रसार कार्यक्रमको अन्तिम दिन बिहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन पहिलो पटक महिला अध्यक्ष पदमा उमेदवारका रुपमा खडा भएकाले सहयोग गर्न अपिल गरेकी हुन ।
हाल व्यवसायीहरू बैक ब्याज , घरभाडा समस्या लगायतका समस्या बाट समस्यामा रहेको भन्दै आफूले गरेका प्रतिबद्धता पुरा गर्न लागी पर्ने बताइन
खुला सिमाना , साना व्यवसायी पलायन हुने अवस्था लाई कम गर्न स्थानीय उत्पादन स्थानीय बजार भन्ने नारा लाई सार्थकता दिने बताइन । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष कर्ण बहादुर थापाले साना व्यवसायले स्थापना गरेको सङ्घले साना व्यवसायको रक्षा गर्न नसकेको गुनासो गरे । ठेलामा व्यवसाय गर्ने व्यवसायी विस्थापन हुँदा वाणिज्य सङ्घ एक बोल्न नसकेको धारणा राखे ।
पत्रकार भेटघाट अघि प्रगतिशील व्यवसायी समुहले बिहीवार कोहलपुर बजार क्षेत्रमा घरदैलो कार्यक्रम गरेको थियो । घरदैलोका क्रममा नयाँ अनुहार लाई सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष धितालले बताइन । प्रगतिशील व्यवसायीक समुहले अञ्जना धितालको नेतृत्वमा प्यानल तयार भएको छ । प्यानलमा वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी , वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उप –महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गङ्गा बगाले, सह – कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन्।
सदस्यहरूमा अङ्कित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सुवेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन्। महिला सदस्यहरूमा अस्मिता के.सी., प्रतिभा खड्का, र एसोसिएट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन् 

Nabintech