२ कार्तिक २०८१, शुक्रबार
व्यवसायी हितमा काम गर्न चुनावी मैदानमा छौ : उपमहासचिव पदका उम्मेदवार गोपाल प्रसाद अधिकारी


कोहलपुर ३ मा रहेको अधिकारी फेन्सी एण्ड सु सेन्टरका सञ्चालक हुन गोपाल प्रसाद अधिकारी । झण्डै डेढ दशक देखि कोहलपुर क्षेत्रमा व्यवसाय गर्दै आएका उनी हाल कपडा व्यवसायी सङ्घ कोहलपुरका महासचिव पनि हुन । प्रगतिशील व्यवसायी समुह बाट उम्मेदवार बनेका अधिकारी सग उनको उपमहासचिव पदमा उम्मेदवारी बारे गरिएको कुराकानी ।

१.तपाईँ उप महासचिव पदमा उम्मेदवार किन ?

कोहलपुर उद्योग वाणिज्य सङ्घको यही कार्तिक ३ गते हुन गइरहेको निर्वाचनमा मैले अन्जना धिताल नेतृत्वको प्रगतिशील व्यवसायी समुहबाट उपमहासचिव पदमा उम्मेदवारी दिएको छु । व्यवसायीको हितका लागी जन्मिएको संस्थालाई व्यवसायीका हित अनुकुल सञ्चालन गर्न र सम्पूर्ण व्यवसायीलाई कोहलपुर उद्योग वाणिज्य सङ्घ मेरो अभिभावक संस्था हो भन्ने भावना पैदा गराउने दायित्वबोध गराउनका लागी मैले उपमहासचिव पदमा उम्मेदवारी दिएको छु ।

२. तपाईँको व्यवसायिक एजेण्डा के के हुन ?

व्यवसायीका एजेण्डाहरू अनगिन्ती छन , हामी कति काम गर्न सक्छौ भन्ने हो । मुख्य रुपमा हाम्रो समुहले र मैले उठाएका एजेण्डा भनेको वाणिज्य सङ्घलाई व्यवसायी मैत्री बनाउनु पर्छ भन्ने नै हो । खुला सिमाना र भारतीय सिमा बजारका कारण पिल्सिएको कोहलपुर बजारका व्यवसायीको हितका लागि उपभोक्ता शिक्षा मार्फत स्वदेश बस्तु र उत्पादन बारे प्रबर्द्धन गर्ने, कर शिक्षा बारे वाणिज्य सङ्घले नियमित हेल्प डेस्क चलाउने, कोरोना कहरका कारण धराशायी भएको सबैखाले व्यवसायलाई संरक्षण र प्रबर्द्धन गर्ने, घरबेटी र व्यवसायी बिच देखिने घरबहाल समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्ने, फुटपाथमा व्यवसाय गर्ने साना व्यवसायीलाई उचित स्थानमा बजार व्यवस्थापन गर्ने, यस क्षेत्रमा रहेका साना लघु उद्यम तथा ठूला उद्योगहरूको बिकाश , बिस्तार र संरक्षण गदै नयाँ उद्योग स्थापनामा जोड दिने र सोका लागि आवश्यक पहल गर्ने र कोहलपुरलाई अद्योगिक ग्रामको रुपमा विकास गदै लघु तथा घरेलु उद्योग क्षेत्रका रुपमा विकास गर्ने योजना छ ।

३. सङ्घ लाई व्यवसायी मैत्री कसरी बनाउने ?

व्यवसायीका हरेक समस्यामा हामी व्यवसायीका साथमा रहन सक्नु नै व्यवसायी मैत्री हुनु हो । उपभोक्ता हित बारे सचेतना जगाउदै बजार लाई चलायमान बनाउने , लघु तथा घरेलु उद्योगको सम्भावनाको खोजी गरेर रोजगार र स्वरोजगारको सम्भावना खोजी गर्ने , पसल व्यवसाय बन्द गरेर विस्थापन हुने वातावरणको अन्य गर्ने कुरा नै प्रमुख कुरा हुन । हामी कोहलपुरमा सम्भावनाको खोजी गछौँ । घट्दो सङ्घको सदस्यता लाई बढाउने र उनीहरूको हित रक्षा गर्ने काम हामी गर्नेछौ । हामिले संस्थालाई व्यवसायी हित अनुकुलको बनायो भने अन्तिम समयमा नवीकरण गर्ने र नयाँ सदस्य बन्ने अवस्थाको अत्य हुन्छ र व्यवसाय सुरु गर्ने बित्तिकै सङ्घको सदस्य बन्ने र हरेक आर्थिक वर्षमा नवीकरण गर्ने वातावरण बन्छ ।

४ थप केही भन्नु छ ?

कोहलपुर उद्योग वाणिज्य सङ्घलाई व्यवसायी मैत्री बनाउका लागि हामी अन्जना धिताल नेतृत्वको प्यानलबाट चुनावी मैदानमा छौ । सबै खाले व्यवसायमा आवद्ध व्यवसायीको यस टिमलाई अमुल्य मत दिएर अत्याधिक मतका साथ बिजयी गराउनु हुनेछ भन्ने अपेक्षा छ । खास गरी कोहलपुरको उद्योग र व्यवसाय क्षेत्रको सम्वद्धन र प्रबर्द्धन गर्नका लागि हाम्रो टिमको जित अनिवार्य छ । हामी साँच्चै केहि फरक गर्ने सोचका साथ चुनावी मैदानमा छौ

Nabintech