६ कार्तिक २०८१, मंगलवार
मेरो कार्यकाल व्यवसायी मैत्री कार्यकाल हुनेछ : अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराई


लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व गर्दै आसन्न कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उमेद्वार हुन प्रदिप भट्टराई । व्यवसायी मात्र नभएर उनको परिचय सर्जक, शैक्षिक अभियन्ता र समाजसेवीको रुपमा सुपरिचित छन् । होटल व्यवस्थापनमा स्नातक गरेका उनि कोहलपुरको उद्योग व्यवसायमा जोडिदै कोहलपुर एफ.एम. र पीपलबोट दैनिकको सञ्चालनमा प्रत्यक्ष संलग्न हुँदै सञ्चार उद्यमीको रुपमा समेत परिचीत छन । होटल पप लाइफबाट व्यवसायिक यात्रा शुरुवात गरेका भट्टराईले हाल होटल पप लाइफ (कोहलपुर), पप लाइफ डिजिटल (नेपालगञ्ज) लगाएत इलेक्ट्रोनिक्स र पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरु सञ्चालन गरिरहेका छन् ।
हाल कोहलपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष, एशियन विकास वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार, लायन्स क्लवका सदस्य रहेका छन् । उद्योग वाणिज्य संघ कोहलपुरमा उनको संलग्नता २०७२ मा कार्यसमिति सदस्य, २०७५ मा उपाध्यक्ष हुँदै हाल बरिष्ठ उपाध्यक्षको रुपमा रहेकोले उनले एक शसक्त, अनुभवी, परिपक्व अध्यक्षको प्रत्याशीको रुपमा आपूmलाई प्रस्तुत गरेका छन् ।
सामाजिक सेवाका क्षेत्रमा संलग्न हुँदै आएका उनले कोभिड महामारीको समयमा कोभिड खाद्य बैंक स्थापना गरी कोहलपुर नगर क्षेत्रका सम्पूर्ण वडाहरुमा रहेका अति विपन्न परिवार तथा आम नागरीकहरुलाई राहत प्रदान गर्ने गतिविधीहरुमा संलग्न हुँदै साहित्यिक क्षेत्रमा पनि “शौचालयमा ईश्वर” गजल संग्रह र “विरुद्वमा” कविता संग्रह प्रकाशन गरेका छन् ।
कार्तिक ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका र करिव २ दशकदेखि व्यवसायिक रुपमा सक्रिय भट्टराई संगको  कुराकानि ।

१. तपाईँको अध्यक्ष पदमा उम्मेदवारी किन ?

कोहलपुर उद्योग वाणिज्य सङ्घको यही कार्तिक ३ गते हुन गइरहेको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहबाट मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।
म यस कोहलपुर उद्योग वाणिज्य सङ्घको बिभिन्न पदमा रहेर काम गरेको र हालको बरिष्ठ उपाध्यक्ष हुनुका नाताले अध्यक्ष पदमा निर्वाचित भएर कोहलपुरका व्यवसायीका क्षेत्रको नेतृत्व गर्ने तिन चाहना छ । म आफू लगायतका अन्य पदाधिकारी र सदस्यहरू सघमा रहेर कोहलपुरको व्यवसयीक क्षेत्र लाई माथि उठाउने सोच छ । त्यही भएर पनि हामिले लोकतान्त्रिक समावेशी व्यवसायी समुह बनाएर चुनावी मैदानमा होमिएका छौ । विगत देखी सङ्घको बिभिन्न तहको नेतृत्वमा रहेपनि अध्यक्ष भएर व्यवसायीका समस्या समाधान गर्ने कोहलपुरको उद्योग व्यवसायको क्षेत्र लाई माथि उठाउने चाहना छ । व्यवसायीको हितका लागी जन्मिएको संस्था भएकाले व्यवसायीका हित अनुकुल सञ्चालन गर्न मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।

२. तपाईँको टिमको व्यवसायीका एजेण्डा के के हुन ?

खुला सिमाना र भारतीय सिमा बजारका कारण पिल्सिएका कोहलपुर बजारका व्यवसायीको हितका लागि उपभोक्ता शिक्षा मार्फत स्वदेश बस्तु र उत्पादन प्रबर्द्धन गर्ने , स्वदेशमै बस्तु तथा सेवा खरिद गर्न सचेतना जगाउने , बन्द भएका व्यवसाय लाई पुन सञ्चालनको वातावरण बनाउने , विषय गत जस्तै अटो , कृषि, मासु बजार लाई व्यवस्थित बजारको रुपमा सञ्चालनको पहल गर्ने , कर शिक्षा बारे वाणिज्य सङ्घले नियमित हेल्प डेस्क चलाउने, कोरोना कहरका कारण धराशायी भएको सबैखाले व्यवसायलाई संरक्षण र प्रबर्द्धन गर्ने, घरबेटी र व्यवसायी बिच देखिने घरबहाल समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्ने, फुटपाथमा व्यवसाय गर्ने साना व्यवसायीलाई उचित स्थानमा बजार व्यवस्थापन गर्ने, बैजनाथ निर्माण हुन लागेको औंद्योगिक क्षेत्र छिटो निर्माणका लागी पहल गर्ने र कोहलपुर क्षेत्रमा एक औंद्योगिक क्षेत्र र बिभिन्न उद्योग स्थापना र सञ्चालनमा प्रोत्साहन गर्ने , समग्र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने गरि यस क्षेत्रमा रहेका साना लघु उद्यम तथा ठूला उद्योगहरूको बिकाश , बिस्तार र संरक्षण गदै नयाँ उद्योग स्थापनामा जोड दिने र सोका लागि आवश्यक पहल गर्ने र कोहलपुरलाई औद्योगिक ग्रामको रुपमा विकास गदै लघु तथा घरेलु उद्योग क्षेत्रका रुपमा विकास गर्ने योजना छ ।
कोहलपुर १२ को चपरगौढी बजार लाई रात्रिकालीन बजारका रुपमा विकास गर्ने सोच छ । बाँके राष्टिय निकुञ्ज लाई कोहलपुरको पर्यटनको विकास सँग जड्दै यस क्षेत्रका होटल व्यवसाय लाई टेवा पुर्याउने सोच बनाएको छु । समग्रमा कृषि उद्योग , पर्यटन उद्योग , घरेलु तथा लघु उद्यमको विकास गदै कोहलपुर लाई एक औद्योगिक मैत्री क्षेत्रको विकास गर्ने सोच छ ।
हालको कार्यसमितिले एक बहु आयामिक सङ्घको भवन निर्माण गरेको छ , त्यसमा व्यवसायिक हितका लागी नियमित गोष्टि र सेमिनारहरू आयोजन गर्ने । वस्तुगत सङको कार्यालयहरू पनि सोही भवन बाट सञ्चालन गर्ने गराउने छौ । हामी व्यवसायीका हितका लागि सबै वस्तुगत सङ्घको भावना अनुरूप नेतृत्व गर्ने छौ

३. खास गरि कोहलपुर उद्योग वाणिज्य सङ्घको सुदृढीकरणमा तपाईँको योजना के छ ?

पछिल्लो समय व्यवसायीले सङ्घको सदस्यता नवीकरणमा चासो नदिने गरेको पाइएको छ । हामिले संस्थालाई व्यवसायी हित अनुकुलको बनाएर व्यवसाय सुरु गर्ने बित्तिकै सङ्घको सदस्य बन्ने र हरेक आर्थिक वर्षको अत्यमा नवीकरण गर्ने वातावरण हाम्रो कार्यकाल बाट सुरु गर्ने गराउने प्रतिबद्धता गर्दछु । सङ्घ व्यवसायीको भावना विपरीत जादैन भन्ने कुरामा हामी प्रतिबद्ध छौ । निर्वाचनका बेला बिभिन्न खाले प्रतिबद्धता गर्ने र नेतृत्वमा पुगेपछि व्यवसायीको भावना बिसर्ने गरेको गुनासो व्यवसयीक छ । त्यो गुनासो मेरो नेतृत्वका समयमा कुनै पनि हालतमा आउन दिदैनौ । मूल नेतृत्वको हिसाबले मैले सो कुराको प्रतिबद्धता व्यक्त गर्दछु ।

४. तपाई बरिष्ठ उपाध्यक्ष रहि सक्नु भएको छ । तपाईँको कार्यकालका महत्वपुर्ण काम के के हुन ?

सङ्घको नेतृत्व गर्नका लागि त्यस सङ्घको मर्म र भावना राम्रो सँग बुझेको हुनुपर्छ । त्यस मानेमा म अब्बल छु । हामिले कोरोना महामारिका कारण प्रर्याप्त काम गर्न पाएनौ । हामिले विगत देखी निर्माणको पहल हुदै आएको सङ्घको अत्याधुनिक भवन निर्माण गरेका छौ ।
बैक तथा बित्तिय संस्थाको ज्याजती बिरुद्ध कोहलपुर बाटै आन्दोलनको सुरुवात गरेर सकारात्मक पहल गरेका थियौ । कारोना महामारीको समस्यामा परेका व्यवसायी लाई सघको तर्फ वाट सक्दो मलम पटी लगाउने काम भयो । घरभाडामा देखिएका समस्या समाधानका लागी पहल लिने लगायतका केही राम्रा कामहरु भएका छन । कोहलपुर ८ मा एक औधोगीक ग्राम निर्माण गर्ने पहल समेत अगाडि बढाएका छौ ।

५ अन्त्यमा केही भन्नु छ ?

सङ्घ स्थपना गर्ने संस्थापक अध्यक्ष कर्ण बहादुर थापा , यस लाई महासघमा आवद्ध गराउन नेतृत्वदायी भुमिका खेल्ने नरेन्द्र प्रसाद शर्मा लगायत पुर्व अध्यक्षहरुको योगदान उच्च सम्मान समेत व्यक्त गर्न चाहन्छु । पुर्व अध्यक्षहरु चिन्तामणी धिताल , राजेन्द्र श्रेष्ठ , चक्र अधिकारी हालका अध्यक्ष लक्ष्मण राज पौडेलको संस्था लाई माथि उठाउन बिगत देखी हाल सम्म अतुलनिय योगदान छ । सघका सस्थापक सदस्यहरू लगायत सम्पुर्णमा उच्च सम्मान छ । बिगतमा बिभिन्न तहको नेतृत्व गरेकाहरुको सल्लाह सुझाव र साथ लिएर म र मेरो टिम अगाडि बढ्ने छ । कोहलपुर वाणिज्य सङ्घको अध्यक्ष पदका लागी म भन्दा राम्रो पात्र अरु हुनै सक्दैन । यस अर्थमा सम्पूर्ण व्यवसयाीले म र मलाई काम गर्न सहज हुने हिसाबले मैले नेतृत्व गरेको व्यवसायिक समुहका सम्पूर्ण उम्मेदवारलाई अत्याधिक मतका साथ बिजयी गराउनु हुनेछ भन्ने आसा र बिस्वास छ ।
हामी कोहलपुरलाई औद्योेगिक ग्रामका रुपमा विकास गर्न, व्यवसायीक सुरक्षा र संरक्षण हुने स्थलको रुपमा विकास गर्न र समाजिक उत्तर दायित्व सहितको व्यवसायी क्षेत्र निर्माण गर्ने अभियानमा छौ । उद्योग वाणिज्य क्षेत्र मात्रै होईन समाजिक क्षेत्रमा म र मेरो समुह उत्तिकै सक्रिय क्रियासील छ । तसर्थ अथमा हामी व्यवसयाीक क्षेत्र र समाजिक क्षेत्रका उत्रिकै क्रियासील रहने छौ ।

कोहलपुर उद्योग वाणिज्य सङ्घलाई व्यवसायी मैत्री बनाउका लागि लोकतान्त्रिक समावेशी व्यवसायी समुह चुनावी मैदानमा छौ । दुई प्यान बनाएर चुनावमा होमिएको भएपनि निर्वाचित भई सके पछि सम्पूर्ण व्यवसायीको भावना र मर्म अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सबै खाले व्यवसायमा आवद्ध व्यवसायीको यस टिमलाई अमुल्य मत दिएर अत्याधिक मतका साथ बिजयी गराउनु हुनेछ भन्ने अपेक्षा छ । खास गरी कोहलपुरको उद्योग र व्यवसाय क्षेत्रको सम्वद्धन र प्रबर्द्धन गर्नका लागि हाम्रो टिमको जित अनिवार्य छ । यस पटक हामी साँच्चै केहि फरक गर्ने सोचका साथ चुनावी मैदानमा छौ । तपाईँको अमुल्य मतको खाँचो छ । हामी कोहलपुर उद्योग वाणिज्य सङ्घलाई वास्तवमै व्यवसायी मैत्री बनाएरै छाड्ने छौ

Nabintech