२४ कार्तिक २०८१, शनिबार
चाडवाड लक्षित गरेर ट्राफिक नियम बारे सचेतना जगाउदै बाँके ट्राफिक


चाड वाडका समयमा सडक दुर्घटना बढ्ने भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले सचेतनाका कार्यक्रमहरूमा जोड दिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पुष्कर पन्तले चाडवाडका समयमा हुने दुर्घटना न्यूनिकरण गर्न सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार जिल्लाको नेपालगन्ज , कोहलपुर र खजुर का बिभिन्न स्थानमा दैनिक सचेतनाका कार्यक्रमहरू भई रहेका छन ।

पन्तले सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी सवारी साधनका चालक ,सह चालक, सवारी धनि , बाटो प्रयोग कर्ता , बिद्यार्थीहरु र सर्वसाधारणहरूलाई ट्राफिक नियम, बाटो क्रस गर्दा पालना गर्नु पर्ने लेन अनुशासन , ओभरटेक गर्दा ध्यान दिनु पर्ने कुरा बारे जानकारी गराइने गरेको बताए । चाडवाडका समयमा सडकमा भिडभाड बढ्ने र मदिरा सेवन गरेर सवारी साधन चलाउने भएका पनि दुर्घटना बढ्ने गरेको उनको भनाई छ ।

पछिल्लो समय राप्ती सोनारी गाउँपालिका अन्र्तगत हुलाकी सडकको अघैया नेपालगन्ज सडकमा दुर्घटना बढेको भन्दै उक्त सडकहरूमा ट्राफिक प्रहरी समेत परिचालन गरिएको जानकारी दिए । उक्त स्थानमा ट्राफिक ज्ञान नहुदा दुर्घटना बढेको उनको भनाई छ । नेपालगञ्जका भिडभाड हुने सडकहरू लाई वन वे का रुपमा विकास गर्न लागिएको पन्तको भनाई छ । चार बाहिनी देख गणेशमान चोक सम्म वान वे सञ्चालन गर्ने निर्णय कार्यन्वयन गरिएको र त्रिभुवन चोक देखी त्रिवेणी मोड सम्मको सडक लाई पनि व्यवस्थीत गर्न लागिएको उनले जानकारी दिए ।
२०८० दशैको समयमा बाँके जिल्लामा ११ सडक दुर्घटना भएको बाँके प्रहरीको भनाई छ । जसमा ३ मृत्यु भएको थियो भने १० जना गम्भिर घाईते भएका थिए ।
दशैँको समयमा ५ वर्षमा ६ सयले ज्यान गुमाए

दशैंका समयमा देश भर ६ सय २ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन । ट्राफिक प्रहरीका अनुसार विगतका ५ वर्षमा दशैंको समयमा ६ सय २ जना आफन्त गुमाएका हुन । यसमध्ये ४ सय ३८ जना पुरुष रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । जसमा गम्भीर घाइते हुनेहरूको संख्या १ हजार ७ सय १२ छ । जसमध्ये १ हजार १ सय ७१ जना पुरुष रहेका थिए । ५ वर्षको अवधिमा दशैको समयमा देशभर कुल ४ हजार ६ सय ८ सवारी दुर्घटना भएको थियो ।

दशैं २०८१ नजिकै आइरहेकोले सबै चालकलाई जिम्मेवारीपूर्वक सवारी चलाउन प्रमुख पन्तले आग्रह गरे । दशैंका सयमा २०७६ मा ७ सय सवारी दुर्घटना हुदा १ सय ११ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७७ मा ८ सय ५६ दुर्घटना, १ सय १४ जना , २०७८ मा ९ सय ६७ दुर्घटना हुदा १ सय ७३ जना र २०७९ मा ९ सय ३२ दुर्घटना हुदा १ सय ७ को मृत्यु भएको थियो । २०८० मा १ हजार १ सय ५३ दुर्घटना हुदा ९७ जनाले देशभर ज्यान गुमाएका थिए ।

Nabintech