६ कार्तिक २०८१, मंगलवार
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन : लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा प्रदिप भट्टराई


कात्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागी लोकतान्त्रिक समावेशी व्यवसायी समूहले उम्मेदवार सार्वजनिक गरेको छ । सोमबार कोहलपुर पार्टी प्यालेसमा उम्मेदवारी घोषणा सभाको आयोजना गर्दै उक्त समूहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो ।

लोकतान्त्रिक समुहले प्रदिप भट्टराईलाई अध्यक्ष पदमा अगाडि सारेको छ । कोहलपुर उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका भट्टराईको नेतृत्वमा उम्मेदवारी घोषणा गरीएको हो ।

सो समुहबाट बरिष्ठ उपाध्यक्षमा चण्डी प्रसाद गैरे, उद्योग तर्फको उपाध्यक्षमा हरी शरण के.सी., वस्तुगत उपाध्यक्षमा रोकश विष्ट, महासचिवमा दीपक बहादुर भण्डारी, उप-महासचिवमा राज कुमार पौडेल , कोषाध्यक्षमा भुमिराज कंडेल र सह-कोषाध्यक्षमा देविलाल सुनार उम्मेदवार रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, झुप बहादुर भण्डारी, किरण वि.क., गौरव श्रेष्ठ, गिरधारी शर्मा र महिला सदस्यमा शितल योगी अधिकारीको उम्मेदवारी घोषणा भएको हो ।

नेपाली काँग्रेस, एकिकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको समर्थन रहेको भट्टराई नेतृत्वको टिम कोहलपुर क्षेत्रका व्यवसायीहरुका समस्या समाधान गर्न सक्षम रहेको उक्त समुहले दाबी गरेको छ ।

उम्मेदवार घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरे लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताए । व्यवसायीको पक्षमा काम गर्ने उम्मेदवारलाई कोहलपुरका व्यवसायीले जिताउने जिकिर गर्दै घिमिरेले जितको अग्रिम शुभकामना समेत दिएका थिए ।

नेपाली काँग्रेस कोहलपुर नगर समितिका अध्यक्ष बिरेन्द्र शाहको अध्यक्षतामा भएको उम्मेदवारी घोषणा सभामा बोल्दै नेपाली काँग्रेस, एकिकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीका नेताहरुले लोकतान्त्रिक समावेशी व्यवसायी समूहका साझा उम्मेदवारहरुलाई जिताउन अपिल समेत गरेका छन ।

Nabintech