२३ आश्विन २०८१, बुधबार
कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन : प्रगतिशील समुहद्धारा अन्जना धिताल नेतृत्वको टिम घोषणा


आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागी प्रगतिशील समुहले उम्मेदवारी घोषणा गरेको छ । सो समुहले अन्जना धिताल लाई अध्यक्ष पदमा अगाडि सारेको छ । एक कार्यक्रमका बिच सो समुहले अध्यक्षमा अन्जना धिताल सहित १९ जना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।
सो समुह बाट बरिष्ठ उपाध्यक्षमा भुपेन्द्र काफ्ले , उद्योग तर्फको उपाध्यक्षमा अर्जुन सुवेदी , वस्तुगत उपाध्यक्षमा रूपक भुजेल , महासचिवमा दीपक अर्याल , उपमहासचिवमा गोपाल प्रसाद अधिकारी , कोषाध्यक्षमा गङ्गा बगाले , सह कोषाध्यक्षमा टङ्क खनाल रहेका छन । त्यसैगरी सदस्यहरूमा रबि कर्माचार्य , मोति प्रसाद सुवेदी , भवानी प्रसाद कडेल , अस्मिता केसी ,चक्र बहादुर केसी , परिर्वतन विश्वकर्मा ,राजिव शर्मा ,प्रतिभा खड्का , अङ्कित सिग्देल ,एक बहादुर खड्का , एसोसिएट तर्फ कृष्ण रानाभाटको उम्मेदवारी घोषण गरेको हो ।
उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै नेपाल उद्योग तथा व्यवसायी महासङ्घका कोहलपुर नगर अध्यक्ष ज्ञानेन्द्र खनालले धिताल नेतृत्वको टिम कोहलपुर क्षेत्रका व्यवसायीका समस्या समाधान गर्न सक्षम रहेको बताए । उनले युवा र व्यवसायीका क्षेत्रमा परिपक्क टिम भएकाले अत्याधिक मतले बिजयी गराउन आग्रह गरे । उनले कोहलपुरको उद्योग वाणिज्य क्षेत्रले २५ वर्षमा महिला नेतृत्व पाउन लागेको भन्दै सहयोग गर्न आग्रह गरे ।
अध्यक्षकी उम्मेदवार अन्जना धितालले यस अघिको नेतृत्वले अगाडि सारेका लगायत व्यवसायीका क्षेत्रका समस्या समाधानका लागी आफू लागी पर्ने बताइन । उनले सङ्कटपूर्ण व्यवसायमा मलम लगाउन लागी पर्ने बताइन । उनले सिमा बजार रुपैडिहाको कारण चेपुवामा परेको कोहलपुरको बजार , ब्याजदर समस्या , घरभाडा लगायतका समस्या लाई प्राथमिकताका साथ समाधानमा लाग्ने बताइन ।
कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण राज पौडेलले स्थानीय सरकारको पर्याप्त सहयोग नहुँदा सोचे जति काम गर्न नसकेको बताए । उनले कोहलपुरको स्थानीय सरकार व्यवसाय मैत्री नरहेको टिप्पणी गरे । आफू उम्मेदवार बन्दै गर्दा गरेको १९ प्रतिबद्धता मध्ये १७ वटा पुरा गरेको भएपनि २ वटा स्थानीय सरकार र सरकारी नितीका कारण सम्भव हुन नसकेको बताए ।
कार्यक्रममा वाणिज्य सङ्घका संस्थापक अध्यक्ष कर्ण बहादुर थापा , बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सुर्य ढकालले अन्जना धिताल नेतृत्वको प्रगतिशील समुह लाई जितको शुभकामना दिएका थिए ।
कोहलपुरको उद्योग वाणिज्य सघको निर्वाचनका लाई २ वटा समुहमा प्रतिष्पर्धा हुँदै छ । प्रगतिशील समयले उम्मेदवार घोषणा गरेको भएपनि प्रजातान्त्रिक समुहले केही दिनमा उम्मेदवार घोषणा गर्ने तयारी छ । सो समुह हालका बरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराई नेतृत्वमा चुनावमा जाने तयारी गरेको बताईएको छ ।
को हुन अन्जना धिताल ?
२०५५ सालमा हार्डवेयर व्यवसाय बाट कोहलपुरमा व्यापार व्यवसाय सुरु गरेकी धिताल हाल भने सिसा र प्लाइउडको व्यवसाय गदै आएकी छन । गुरु टेर्डस एण्ड सप्लायर्स नामक फर्म मार्फत २ दशक भन्दा बढी कोहलपुरमा व्यवसाय गर्दै आएकी हुन । कोहलपुर उद्योग वाणिज्य सघको सदस्य सही सकेकी धिताल बिभिन्न सामाजिक संस्थाहरूमा नेतृत्वदायी भूमिकामा छिन । उनी योग तथा प्राकृतिक स्वास्थ्य समाज बाँकेको कोषाध्यक्ष , वैभव लक्ष्मी बहुउद्देश्यीय सहकारी सस्था कोहलपुर ११ को लेखा संयोजक समेत रहेकि छन । उनले कोहलपुर १५ मा बाबियो लाईफस्टक एण्ड एग्रीकल्चर प्रालि मार्फत कृषि उद्यम समेत गर्दै आएकी छन

Nabintech