३ आश्विन २०८१, बिहीबार
लुम्बिनीका कांग्रेस सांसद केसी कारागार चलान


काठमाण्डौ / लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् । कीर्ते मुद्दामा दोषी ठहर भएका सांसद केसीले आज रुकुम पूर्व जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका र लगत्तै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेर दोषी ठहर भएका केसीलाईसाविक रुकुम जिल्ला अदालतले केसीलाई २०४८ साल असार ९ गते एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । प्रहरीले फरार सूचीमा राखे पनि उनी पक्राउ परेका थिएनन् ।

गएको चुनावमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेश ९ख० बाट सांसद निर्वाचित भएका थिए ।

Nabintech