३१ भाद्र २०८१, सोमबार
बागमती नदीमा हामाफालेकी अञ्जली मृत फेला


काठमाडौँ / लतिलपुरको च्यासल नजिकै दोभान पुलबाट बागमती नदीमा हामाफालेकी २० वर्षीया युवती मृत फेला परेकी छन् । अञ्जली शर्माको शव मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–९ मा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले  बताए ।

भदौ १६ मा बेलुका ७ बजेतिर ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलबाट रुकुम मुसिकोट घर भएर बालकुमारी बस्ने शर्माले हामफालेकी हुन् । मकवानपुरको बागमती गाउँपालिकास्थित बेतिनी गैरिगङ्गामा भेटिएको शव परिवारले सनाखत गरेका छन् ।

 

 

Nabintech