३१ भाद्र २०८१, सोमबार
अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा सुनिल बटाला चयन


कोहलपुर / नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा सुनिल बटाला चयन भयका छन् । उनि   जिल्लाको २४ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा चयन भएका हुन।
सम्मेलनले उपाध्यक्षमा शान्ति बिक,उपेन्द्र आचार्य, भरत बुढथापा, दिपेन्द्र शाही र सुबास मल्ललाई चयन गरेको छ ।

यसैगरी सम्मेलनबाट सचीवमा लक्ष्मण मानव सहसचिवमा स्वसिका थारु,जनक शर्मा ( बिनोद ), जनक बिएल र इश्वर चन्द चएन भएका छन् भने कोषाध्यक्षमा राम बर्मालाई चयन गरेको हो ।
बटालाको अध्यक्षतामा बनेको नव निर्वाचित जिल्ला कार्यसमितिमा सर्वसहमतिले ४१ सदस्यीय चयन भएको छ ।

Nabintech