६ कार्तिक २०८१, मंगलवार
सांस्कृतिक पर्व “तीज” भड्किलो बन्दै


तीज एउटा सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वी नारीहरुको महान पर्व तीज । नेपाल लगायत विश्व भर हिन्दु भएका क्षेत्रमा धुमधामका साथ मनाइन्छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली महिलाहरुको बिशेष पर्व हो । यो पर्वमा महिलाहरु बषौं देखि टाढिएका दिदी–बहिनी, आमा, भाउजु तथा अन्य आफन्तहरुसंग भेटघाट गर्ने र आफ्ना सुख–दुख साटासाट गर्ने गर्छन ।

तीज पर्व हिमालय पर्वतकी पुत्री पार्वतीको पालादेखि नै मनाउदै आईएको बिश्वास रहेको छ । पार्वतीले भगवान शिव पति पाउँ भनि निराहार व्रत गरेको र त्यसै व्रतको प्रभावले गर्दा उनले महादेवलाई पतिको रुपमा पाएको बिश्वास गरी अबिबाहिताले असल पति प्राप्ति होस भनि तथा विवाहहिता महिलाले पतिको दिर्घायु एवं उत्तरउत्तर प्रगतिको कामना गरी व्रत बस्ने प्रचलन रहिआएको छ ।

आपसमा दिदीबहिनीहरु जमघट भई नाचगान गरी दुखलाई भुलेर सुख साट्ने पर्वका रुपमा तीज मनाउने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतिपातिमा व्यस्त रहेका दिदी बहिनीहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् ।

तर पछिल्लो पुस्ताका दिदीबहिनीहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी मनाई रहेका छन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दै गइरहेको महशुस हुन थालेको छ । यस पर्वमा आपसमा दिदीबहिनीले आफ्नो दुख, बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यवहार अनि माइती घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदीबहिनीलाई सम्झिएर गित मार्फत ब्यक्त गर्दथे । तर असहिले आएर त्यो प्रचलनमा ह्रास आएको छ । जसले गर्दा तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ ।

तीजको अर्को महत्वपुर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माइतीले घरमा गएका चेलिबेटिहरुलाई आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानुलाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकी त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकु । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यै बाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज भन्ने पनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने सकिन्न । तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिनप्रतिदिन बढिरहेको कुराले सबैको मनमा डर पैदा गरेको छ ।

त्यतिमात्र हैन तीज भनेको नाचगानको पनि पर्व हो । सासुले गरेको ब्यवहार कर्मघरको दुख र नारीको बेदनालाई उजागर गरेर गित गाउने तथा नाच्ने प्रचलन छ । रातो सारी तीजको बिशेष पहिरन हो । साँच्चै रातो सारीमा सजिएकी एक नारी पक्कैपनि राम्री नदेखिने त कुरै हुदैन । तीजको लागि श्रीमतिलाई रातो सारी र गरगहना किनिदिन पुरुषले प्रर्देशमा गएरसमेत आफ्नी संगिनीलाई खुशी बनाउने प्रयास गर्छन । तीज गितको नाममा परिवारसंग चेलिबेटिहरुसंग समेतसंगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै व्यापारका लागि युट्युबमा हाल्ने परम्पराले यस पर्वको खिल्लि उडाईरहेको छ ।

तीजको गित भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । तर त्यस्तो नभएर आम नेपाली नारीहरुको मनमा चोट पु¥याई रहेका छन् । तीजका गित तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज र तीज गितको महत्व कम हुदै गएको छ । यसतर्फ राज्यले ध्यान दिन जरुरी छ ।

कट्टु लगाएर नाचेको गितलाई तिज गित भनेर बजारमा ल्याउने चलनले गर्दा तिजको गरिमा दिन प्रतिदिन घटिरहेको आभाष हुन्छ । तिजलाई कमाईको भाडो सम्झीने कलाकारहरु कुन समाजमा के को लागि म बाचेको छु सचेत भएर सोचौं र तिजलाई तिजकै रुपमा मनाउन पाईयोस । आगामी दिनमा हाम्री आमाले मनाए जस्तै तीज होस । चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र सचेत वर्गले यसतर्फ काम गरोस

Nabintech