६ कार्तिक २०८१, मंगलवार
हमासले बन्धक बनाएका ६ जनाको शव इजरायली सेनाले बरामद गर्‍यो


इजरायलको सेनाले गाजा पट्टीबाट हमासले बन्धक बनाएका ६ जनाको शव बरामद गरेको बताएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले राफा क्षेत्रमा भूमिगत सुरुङमा ६ वटा शव भेटिएको बताएको छ । आफूहरू पुग्नुअघि नै हमासका आतङ्कवादीहरूले बन्धकहरूलाई निर्दयी रूपमा मारेका इजरायली सेनाका प्रवक्ता एडम डानियल हंगारीले बताउनुभएको छ ।

मारिएका ६ जनालाई गएको वर्षको अक्टोबरमा हमासले बन्धक बनाएको थियो । मारिनेमा एक जना अमेरिकी नागरिक पनि रहेका छन् ।

यसैबीच बन्धकका परिवारहरूको सङ्गठनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति चर्को आक्रोश व्यक्त गरेका छन् । उनीहरूले नेतान्याहुलाई लुक्ने काम बन्द गर्न र आफन्तको हत्याको जिम्मेवारी लिन माग गरिरहेका बीबीसीले जनाएको छ ।

परिवारहरूको सङ्गठनले इजरायली प्रधानमन्त्रीले संयमता अपनाएर हमाससँग वार्ता गरेको भए आफन्तहरू ज्यूँदै भेटिन सक्ने भन्दै चर्को आलोचना गरेका हुन् । हमाससँग इजरायलको सम्झौताको असफलताको परिणाम स्वरूप आफूहरूले आफन्त गुमाइरहेको उनीहरूको भनाइ छ ।

 

Nabintech