३१ भाद्र २०८१, सोमबार
पूर्व प्रधानमन्त्री प्रचण्ड नेपालगञ्जमा 


पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेपालगञ्ज आई पुगेका छन । शनिवार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय परामर्श समितिको बैठक सकेर प्रचण्ड नेपालगञ्ज आई पुगेका हुन । आइतबार देखी नेपालगञ्जमा २ दिने लुम्बिनी प्रदेश परार्मश समितिको बैठक सुरु हुदैछ । सो बैठकमा  भाग लिन अध्यक्ष प्रचण्ड सहितका माओवादी केन्द्रका पदाधिकार सहितका केन्द्रीय नेताहरू नेपालगञ्ज आई पुगेका हुन ।
अध्यक्ष प्रचण्ड सहितको टोलीमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , उपाध्यक्ष अग्नि प्रसाद सापकोटा , महासचिव देव गुरुङ , उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल , सचिव चक्रपाणी खनाल लगायतका नेताहरू नेपालगञ्ज आई पुगेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।
प्रदेश परामर्श समितिको बैठकमा लुम्बिनी बाट प्रतिनिधित्व गर्ने १ सय १० केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश समितिका ११ जना पदाधिकारीको सहभागिता रहने प्रदेश अध्यक्ष बरालले जानकारी दिए । परामर्श समितिको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले अध्यक्ष प्रचण्ड र पाटी लाई आगामी कार्यनीति बारे सुझाव दिने बताईएको छ ।
केन्द्रीय समिति सदस्य र प्रदेश पदाधिकारी सहितका नेताहरूसँग आगामी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेजका लागी अध्यक्ष लगायतका पदाधिकारीले आवश्यक परामर्श गर्ने कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले प्रदेश स्तरमा परामर्श बैठक सुरु गरेको हो ।
प्रदेश परामर्श समितिको बैठक अघि माओवादी केन्द्र बाँकेका अगुवा कार्यकर्ता लाई अध्यक्ष प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । वडा पदाधिकारी माथिका कार्यकर्ता , जनवर्गीय सङ्गठनका जिल्ला तहका नेता कार्यकर्ता लाई प्रशिक्षण दिने जिल्ला अध्यक्ष नरेन्द्र पाण्डेले बताए ।
माओवादीले हाल सम्म  कर्णाली प्रदेश , सुदूरपश्चिम प्रदेश , बागमती प्रदेश , उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी छ वटा  प्रदेशको परामर्श बैठक सम्पन्न गरिसकेको छ।

प्रदेश परामर्श बैठकमा अध्यक्ष दाहालले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन् । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिक रुपमा जनतामा जाने माओवादीको तयारी छ ।

नेतालाई जनताको घर घरमा राखिने 
परामर्श समितिको बैठकमा आउने नेताहरू लाई जनताको घर घरमा राखिने तयारी माओवादी बाँकेको छ । सुरक्षा लगायतका कारणले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड लाई राष्ट बैकको गेस्ट हाउसमा राखिने र अन्य सबै नेताहरू लाई नेता कार्यकर्ता र जनताका घर घरमा  राखिने माओवादी बाँके अध्यक्ष नरेन्द्र पाण्डे जेम्सले बताए । बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका अन्य सबै नेताहरू कार्यकर्ता र जनताको घरमा २ रात बिताउने पाण्डेले बताए । उनका अनुसार सो क्रममा नेताहरूले आफू बसेको घर र स्थानीय जनता सँग माओवादी पार्टी बारेका गुनासा सुन्ने र अन्तरक्रिया गर्ने पाण्डेले बताए । प्रचण्डको २ दिने तालिका यस्तो छ 
आइतबार बिहान ८  बजे प्रेस सेन्टरको अयोजनतामा पत्रकार भेटघाट रोयल पाटी प्यालेस
आइतबार बिहान ९ देखि ११ सम्म बाँके जिल्लाका अगुव कार्यकर्ता प्रशिक्षण रोयल पाटी प्यालेस
आइतबार अपराहन्न १२ बजे देखि ५ बजे सम्म प्रदेश समन्यव परिषद बैठक प्रदेश शुसासन केन्द्रको सभाहल महेन्द्र नगर नेपालगञ्ज
सोमवार बिहान ८ बजे देखी ५ बजे सम्म प्रदेश समन्वय परिषदको बैठक
प्रदेश शुसासन केन्द्रको सभाहल महेन्द्र नगर नेपालगञ्ज बस्ने छ ।

Nabintech