३१ भाद्र २०८१, सोमबार
कोहलपुर नगरपालिका कार्यालयमा जारी शान्तिपुर्ण आन्दोलनको स्वरुप परिवर्तन

भोलीबाट कर्मचारी र जनप्रतिनिधिका सवारी साधन मुलगेट भित्र प्रवेश निषेध गरिने



कोहलपुर / कोहलपुर नगरपालिका कार्यालयमा जारी शान्तिपुर्ण आन्दोलनको स्वरुप परिवर्तन गरिएको छ । आन्दोलनका नेतृत्वकर्ता भुम भण्डारीले भोलीदेखि आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताएका हुन ।
तीन दिनदेखी जारी आन्दोलनको तेस्रोदिनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक सरोकारका विषयहरु प्रति आजसम्म पालिकाको धारणा सार्वजनिक नहुनू गैरजिम्मेवारीको पराकाष्ठा भएकोले भोलीबाट कर्मचारी र जनप्रतिनिधिका सवारी साधन मुलगेट भित्र प्रवेश निषेध गरिने जानकारी दिए ।
कोहलपुर नगरपालिका कार्यालयमा गरिएको सकारात्मक शान्तिपूर्ण दवाव अभियानको स्वरुप र समय तालिका बदलिएको  जानकारी गराउदै भोलि बिहान साढे ९ बजे सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेकाछन ।
स्थानीय सरकारले प्रबाह गर्ने सेवा सुबिधा छिटो छरितो,पारदर्शी र जनमुखी हुनुपर्ने लगाएतका माग सहित सामाजिक अभियान्ता भण्डारीको नेतृत्वमा आन्दोलन सुरु भएको थियो ।
भण्डारीले केहि समय पहिला नगरपालिकासग सम्बन्धित विषयमा सूचना माग गरेका थिए । माग गरिएका सूचनाको जवाफ अहिले सम्म सार्वजनिक नहुनु दु:खद भएको भण्डारीको भनाइ छ ।
यस्तै अर्का स्थानीय युवा भरत पनेरुले सरल सत्य र सम्पादन गरेकै कामहरुको विवरण सार्वजनिक गर्न नसक्ने आन्दोलन गर्दा पनि आफैंले गरेको कामको रेकर्ड नराख्नु अथवा नदिनुले के पुष्ठि  गर्ला अख्तियारीको दुरुपयोग अथवा भ्रष्टाचार भन्दै आशका व्यक्त गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले आन्दोलनका क्रममा उठाइएका मागहरु सके सम्म सम्बोधन गर्न तयार भएको भन्दै आन्दोलन रोक्न आग्रह गरेका छन ।

 

 

 

Nabintech