३१ भाद्र २०८१, सोमबार
भण्डारी नेतृत्वको आन्दोलन दोस्रो दिन पनि जारी


कोहलपुर (बाके)/ कोहलपुरका सामाजिक सूचना अभियान्ता भुम भण्डारीले सुरु गरेको शान्तिपुर्ण आन्दोलन दोस्रो दिन पनि जारी राखेका छन ।
विभिन्न मागसहित कोहलपुर नगरपालिकाको मुल गेटमा शान्तिपुर्ण दवाव मुलक आन्दोलनमा बसेका भण्डारीलाई दोस्रो दिन अरु समर्थकहरुले पनि सहभागीता जनाउदै समर्थन गरेका छन ।
नगरपालिकासग जनसरोकारका विषयमा विभिन्न माग राख्दै आएको र माग पूरा नहुदा सम्म आन्दोलन जारी राख्ने भण्डारीले बताए । नगरपालिकामा हुने सबै कामहरु पारदर्शी,जवाफदेही र सेवाग्राहीमैत्री हुनुपर्ने उनको माग रहदै आएको छ ।
लिखित रुपमा सूचना माग गरेको लामो समय सम्म पनि सूचना नपाएको भन्दै मागहरु सम्बोधन गर्ने तर्फ स्थानीय सरकार नदेखिएको भण्डारीको आरोप छ ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले स्थानीय सरकारसग राखेका सबै मागहरु सकारात्मक रहेको बताउदै माग गरे अनुसारका सबै सूचनाहरु कार्यालयको वभ साइटमा राख्ने ब्यवस्था गरेको बताए । उनले वार्ता र सहमतिका आधारमा माग सम्बोधन गर्नेगरी आन्दोलन स्थगित गर्न आन्दोलनरत भण्डारी समुहलाइ आग्र गरेकाछ्न । आन्दोलन स्थलमा पुगेर ढकालले यस्तो आग्रह गरेका हुन ।
नगरपालिकाको मुल गेट अगाडी आन्दोलन स्थलमा पुगेकी उप-प्रमुख सङ्गिता सुवेदीले पनि मागहरु सम्बोधन गर्न स्थानीय सरकार सकारात्मक भएको बताइन ।
भण्डारीले कोहलपुर नगरपालिका कार्यालयद्वारा हालसम्म गठन गरिएका बिज्ञ समिति र बुझाइएको प्रतिबेदन, नगरपालिका कार्यालयको आ.व. ०७९/०८० र आ.व. ०८०/०८१ का सम्पूर्ण आय ब्यय र बेरुजु विवरण,  नगरपालिका कार्यालयद्वारा आ.व. ०७९/०८० र ०८०/०८१ मा छनौट नियुक्ति र राखिएका स्थायी करार अस्थायी कर्मचारी र शिक्षकको बिवरण, कोहलपुर नगर क्षेत्र भित्र संचालित पार्क भ्युटावर,स्विमिङ्ग,स्केट लगायत अन्य सिकाई केन्द्रमा बिध्यार्थी / सिकारु भर्ना र सुरक्षा संबेदनसिलता मुताविक जोखिम बिमा आवश्यक छ छैन धारणा सार्वजनिक र कोहलपुर नगरपालिका क्षेत्रमा रहेको जम्मा सार्वजनिक र सरकारी जग्गा कति छ कब्जा अतिक्रमण भोगाधिकार र बाडिएको अवस्थामाका बारेमा सूचना माग गरेका छन ।
त्यस्तै भण्डारीले कोहलपुर नगरपालिका कार्यालयद्वारा गरिएको भौगोलिक सामाजिक सास्कृतिक आर्थिक शैक्षिक रुपान्तरणको विवरण पनि सर्बजनिक गर्न माग गरेका छन ।

 

Nabintech