३१ भाद्र २०८१, सोमबार
पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरमा रिजाल


पश्चिम नेपालमा साहित्यको गन्तब्यको रुपमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा पुष्कर रिजाल चयन भएका छन । शनिबार सम्पन्न भएको प्रतिष्ठानको साधारणसभाबाट रिजालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरीएको हो । सो साधारणसभाबाट प्रतिष्ठानको उपाध्यक्षमा खोपीराम वली र देविका निरौला, सचिवमा केशव निमेष, सह–सचिवमा प्रकाश मरासिनी तथा कोषाध्यक्षमा मणी प्रसाद गैरे चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा बिमला खत्री, गणेश पौडेल, चन्द्रावती अधिकारी, लिला केसी र लक्ष्मण मानव चयन भएका छन । अन्य २ सदस्य भने आवश्यकताका आधारमा पछि मनोनीत गर्न सकिने बताईएको छ । ज्ञानोदय सामुदायीक पुस्तकालय कोहलपुरमा भएको साधारणसभामा कथाकार छविलाल खड्काको लघुकथा संग्रह “भित्ताका कान” को विमोचन समेत गरीएको थियो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षता तथा प्रदेश साँसद कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा विभिन्न साहित्यकार तथा संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए ।

Nabintech