नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाई सि एल नेपाल बाँकेले एक महिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिवार वसेको जिल्ला समितिको बैठकले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव सुजल खड्काले जानकारी दिए । सचिव खड्काका अनुसार अभियान सञ्चालन गर्न जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा अभियान टोली निर्माण गरिएको छ ।
जिल्ला अध्यक्ष नरेन्द्र ददेलले दिएको जानकारी अनुसार बाँके निर्वाचन क्षेत्र नं १ मा सुनिल गिरी , क्षेत्र नं २ मा लाल बहादुर खड्का र क्षेत्र नं ३ मा सुजल खड्का लाई अभियान संयोजक तोकिएको छ ।
बैठकमा बोल्दै माओवादी केन्द्र बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डेले हरेक घर एक वाई सि एल , हरेक टोल एक युवा सङ्गठन निर्माण गदै अगाडि बढ्न निर्देशन दिए । कार्यक्रममा वाई सि एल उपमहासचिव रतन शाही , केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज किस्मत अलि शेष लगायतको उपस्थिति रहेको थियो ।