२२ भाद्र २०८१, शनिबार
११ मा अध्यन गर्ने विद्यार्थीहरूलाई जीवन ज्योतिको अभिभुखिकरण


कोहलपुर १० मा रहेको जीवन ज्योति स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागी अभिभुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार कक्षा ११ का लागी विज्ञान सङ्कायमा लागी १ सय २० र व्यवस्थापन सङ्कायमा अध्ययनका लागी भर्ना भएका ४० जना विद्यार्थीहरू लाई अभिभुखिकरण गरिएको हो ।
कार्यक्रममा प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवालीले विद्यार्थीहरूका लागी मोटिभेसनल कक्षा सञ्चालन गरेका थिए ।  कार्यक्रममा प्रिन्सिपल फादर जोमन जेम्सले विद्यार्थीहरूका लागी जीवन ज्योति स्कुलका आधारभुत नियमहरू बारे जानकारी गराएका थिए । प्रिन्सिपल जोमन जेम्सले  अनुशासन पहिलो र अनिवार्य सर्त भएको विद्यार्थी लाई जानकारी गराएका थिए ।
सो स्कुलमा यसै शैक्षिक सत्र देखी कक्षा ११ सञ्चालनमा आँउदै छ । ८ गते देखि नियमित कक्षा सञ्चालनमा ल्याइने शिक्षक चेत चापागाँईले जानकारी दिए ।
चापागाईँका अनुसार विज्ञान र व्यवस्थापन कक्षा सञ्चालन विधि बारेमा शिक्षकहरूले जानकारी गराएका थिए ।

Nabintech