२२ भाद्र २०८१, शनिबार
कोहलपुरमा कक्षा ११ र १२ पनि बिहान १० देखी ४ बजे सम्म सञ्चालन गर्नुपर्ने 


बाँकेको कोहलपुर नगरपालिकाले बालविकास देखि १२ कक्षा सम्म एउटै समयमा अध्ययन अध्यापन गराउनुपर्ने निर्णय गरेको छ । कोहलपुर नगर शिक्षा शाखाले सूचना जारी गर्दै देखि १२ कक्षा सम्म एउटै समयमा अनिवार्य अध्ययन अध्यापन गराउनुपर्ने निर्णय गरेको हो ।

कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादु हमालले बालविकास देखि १२ सम्म विद्यालय तहको पाठ्यपुस्तक भएकोले सो तहलाई ६ घण्टा पढाउनुपर्ने भएकोले एउटै समयमा पढाउनुपर्ने बताए ।

‘अभिभावकलाई जानकारीका लागि सूचना समेत जारी गरेका छौं ’ उनले भने, ‘कोहलपुरमा ११ र १२ सञ्चालित विद्यालयहरूले फरक फरक समयमा पढाइरहेको छन् भने एउटै समयमा पढाउनु पर्नेछ ।’ कोहलपुरका कक्षा ११ र १२ सञ्चालन गरेका विद्यालयहरूलाई मध्यनजर गरी सूचना जारी गरिसकेको हमालले जानकारी दिए ।
भावनको अभावमा कतिपय विद्यालयले प्लस टु लाई बिहानी कक्षामा पढाउदै आएकोमा अव त्यसो गर्न नपाइने भएको छ । 

 

 

Nabintech