२३ भाद्र २०८१, आईतवार
एस ई ई मा जीवन ज्योतिको सत प्रतिशत नतिजा 


कोहलपुर १० मा रहेको जीवन ज्योति स्कुलले यस वर्षको एस ई ई परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । कुल ४१ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १४ जना विद्यार्थी जिपिए ३ .६ भन्दा माथि र अन्य २७ जनाले जिपिए ३ .२ भन्दा माथिको नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले विद्यार्थीहरूले उत्कृष्ट नतिजा दिएको भन्दै खुसी व्यक्त गरे । यस वर्षको यस ई ई परीक्षामा कुल ४७ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन । जीवन ज्योति स्कुल कोहलपुरले कोहलपुर नगर स्तरीय बि एल ई परीक्षामा लगातार ३ वर्ष देखि उत्कृष्ट र सत प्रतिशत नतिजा दिदै आएको छ । बि एल ई र एस ई ई मा उत्कृष्ट नतिजा दिदै आएको जीवन ज्योति ले यसै वर्ष देखी प्लस टु कक्षा समेत सञ्चालन गर्दै छ । व्यवस्थापन र विज्ञान सङ्कायमा प्लस दु सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

Nabintech