६ कार्तिक २०८१, मंगलवार
जीवनज्योति स्कुलद्धारा विद्यार्थीको घर निर्माण 


बाँके । कोहलपुर १० मा रहेको जीवन ज्योति स्कुलले हावाहुरीले भत्काएको आफ्ना विद्यार्थीहरूको घर पुर्न निर्माणमा सहयोग गरेको छ । विद्यालयका शिक्षक कर्मचारी विद्यालय व्यवस्थापन समितिको टोलीले शुक्रवार एक दिन श्रम गरेर भत्किएको घर पुर्न निर्माणका लागी सहयोग गरेको हो । मानव धर्म र मानव सेवा भन्दा अर्को ठुलो धर्म केही नभएको भन्दै स्कुलले आफ्नो विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीको घर भत्किएपछि घर निर्माण कार्यको लागि सम्पूर्ण विद्यालय परिवारनै श्रमदानमा खटिएको हो । 

बुधबार राति भीषण हावाहुरी सहित आएको हावा हुरीले जीवनज्योति स्कुलमा कक्षा ९ मा पढ्ने छात्र समिर चौधरी र कक्षा ५ मा पढ्ने रोशन यादवको घर भत्काएको थाह पाए लगत्तै जीवनज्योति स्कुलको पहलमा लिङ्स टु नेपालको आर्थिक सहयोगमा भत्किएको घर निर्माण हुने भएको हो । 

भत्किएको घर निर्माणको लागि विद्यालय परिवार स्वयम् श्रमदानमा खटिएको छ भने छ लाखको बजेटमा इँट्टा  र टिन लगायतको निर्माण सामाग्री सहयोग गरिने भएको छ । दुई कोठा  एक भान्सा भएको घर निर्माण जीवनज्योति स्कुलले बनाइदिने स्कुलका प्रिन्सिपल फा. जोमन जेम्सले बताए । आफ्नो घर भत्किदा मात्र नभइ विगतमा पनि स्कुलले सहयोग गर्दै आएको समिर थारूको अभिभावक मिना थारूले बताइन ।  समिरको परिवार  ज्याला मजदुरी गरेर गुजरा चलाई रहेकाले घर निर्माणमा सहयोग गरेको स्कुलको भनाई छ ।

सोही विद्यालयमा अध्ययनरत अर्का विद्यार्थी रोशन यादव घर समेत हावाले उडाएको छ । घरको छाना उडाएपछि  घरमा भएको अलिअलि अन्नबालीमा क्षति पुर्याएको रोशनका अभिभावक विश्राम यादबले बताए।  बिपन्न परिवारलाई स्कुलले सहयोग गर्दा खुसी लागेको उनले बताए । पछिल्लो समय कोहलपुरमा शैक्षिक गुणस्तरमा मात्र नभई जीवनज्योति स्कुल हरेक सामाजिक कार्यमा सक्रिय हुँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
यस अघि जीवन ज्योति स्कुले आफ्ना विद्यालयमा अध्ययनरत क्यान्सर पीडित एक विद्यार्थी झण्डै १० लाख नगद सहयोग गरेको थियो । भने पश्चिम रुकुमको आठ बिस कोट नगरपालिकाका सामुदायिक विद्यालयहरू लाई सयौँ  डेस्क बेन्च सहयोग गरेको थियो ।
भुकम्प कोरोना महामारी लगायतका प्रकोपका समयमा पनि विद्यालयको समन्वयमा पीडितहरू लाई सहयोग गर्दै आएको विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले बताए । 

Nabintech