१२ श्रावण २०८१, शनिबार
सिलाइकटाइ तालिमले महिलाहरू आत्म निर्भर बनेको पूर्व मन्त्री नमुनाको भनाई 


कोहलपुर र राप्ती सोनारीका महिला दिदी बहिनीहरूका लागी १ महिने एडभान्स सिलाई कटाई तालीम सुरुवात गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेको सहयोगमा कोहलपुर नगरपालिका वार्ड न. १,९ तथा राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा महिला दिदीबहिनीहरूका लागि एडभान्स सीलाई कटाई तालिम तथा प्रविधि सहयोग कार्यक्रमको उद्घाटन गरिएको हो ।

तालिमका सुरुवात गर्दै प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री कृष्णा केसी नमुनाले महिलालाई आत्म निर्भर बनाउनका लागी तालिमको आयोजना गरिएको बताइन । उनले महिलाहरु आत्म निर्भर भएमा  महिला हिंसा र घरेलु हिंसाका घटनामा पनि कमी आउने बताइन । सिलाई तालिम दिएकाहरूलाई सिलाई मेसिन लगायतका उपकरण समेत बितरण गरिएको भनाई थियो । पूर्व मन्त्री नमुनाले अघिल्लो वर्ष राप्ती सोनारी र नरैनापुरका महिलाहरूलाई दिएको उपकरण सहितका तालिम प्रभावकारी भएपछि यस वर्ष पनि निरन्तरता दिइएको बताइन । यस वर्ष २ सय ५० महिला लाई तालिम र उपकरण दिइने उनको भनाई छ । अघिल्लो वर्ष तालिम र उपकरण पाएकाले केहीले घरमै त केहीले व्यवसायीका रुपमा काम गरेर आत्म निर्भर भएको उनको भनाई छ ।

तालिम सुरुवात कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा न ९ का अध्यक्ष उपेन्द्र नाथ योगीले तालिमले विपन्न महिलाहरूको जिविको पार्जनका लागी सहयोगी हुने बताए । उनले आफ्नो वडाका २५ दिदी बहिनी तालिममा सहभागी रहेको जानकारी दिए । यसैगरी कोहलपुर १ का अध्यक्ष बद्रि बद्रि जैसीले तालिमले आधारभुत तालिम लिएका लाई व्यवसायीका बन्न सजिलो हुने बताए ।

 

Nabintech