१२ श्रावण २०८१, शनिबार
बाँके  शाखाको अधिवेशन एवं १४ औं साधारण सभा १९ गते 


नेपाल पत्रकार महासङ्घको बाँके शाखाको अधिवेशन एवं १४ औं साधारण सभा यही जेठ १९ गते हुने भएको छ ।  महासङ्घको विधान अनुसार १९ गते साधारण सभा गरिन लागेको हो ।

नयाँ नेतृत्वको लागी भने जेठ २६ गते देश व्यापी निर्वाचन गरिने छ । बिभिन्न कारणले रोकिएको साधारण सभाको मिति घोषणा सँगै नयाँ नेतृत्वको लागी समेत सरगर्मी सुरु भएको हो । बाँके शाखामा यस पटक सर्व सम्मत नेतृत्व चयन गरिने आस्थाका सङ्गठनहरूले बताउँदै आएका छन ।  नेपाल पत्रकार महासंघ, बाँके शाखाले जेठ २६ गते हुने निर्वाचनका लागि निर्वाचन समिति र १९ गते हुने साधारणसभामा वितरण गरिने पुरस्कार छनौटका लागि छुट्टा छुट्टै समिति गठन गरेको छ । शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको कार्य समितिको बैठकले खबर कुराका प्रबन्ध सम्पादक शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने निर्वाचन अधिकृतमा अधिवक्ता केशव कोइराला र पत्रकार दिपेन्द्र धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

महासङ्घको १४ औं साधारण सभामा वितरण गरिने विभिन्न पुरस्कारको छनौटका लागि पुर्व अध्यक्ष ​​​​​​​ रुद्र सुवेदीलाई छनौट समितिको संयोजक बनाइएको छ । छनौट समितिको सदस्यमा डा। डक्ट धिताल र नवीन गिरी रहेका छन् । सचिव कमल डाँगीका अनुसार, शाखाको अधिवेशन एवं १४ औं साधारण सभा भव्य बनाउनका लागी तयारी सुरु गरिएको जानकारी दिए । त्यसका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

Nabintech