२ कार्तिक २०८१, शुक्रबार
प्रेस युनियन बाँकेद्धारा श्रद्धाञ्जली सभा


नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव तथा काँग्रेस बाँके क्षेत्र नं–१ का सभापति पोषण केसीकी आमा शान्ता रेग्मी केसीको निधनको शोकमा आज श्रद्धाञ्जली सभा गरिएको छ । केसीको राप्तीसोनारी गाउँपालिका वडा नम्बर –१ लौकी स्थित निवासमा नेपाल प्रेस युनियन बाँकेले श्रद्धाञ्जली सभा गरेको हो ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाका वक्ताहरूले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

सभामा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी लगायतले समवेदना प्रकट गरेका थिए । श्रद्धाञ्जली सभामा स्वर्गीय केसी र परिवारका बारेमा परिवारका तर्फबाट समाजसेवी भिमार्जुन देवकोटाले बोलेका थिए ।

सभामा युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा, युनियन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जयसिंह केसी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।७७ वर्षीया स्वर्गीय केसीको बैशाख २६ गते मातातीर्थ औँसीको दिन उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगन्ज निधन भएको थियो ।

Nabintech