१७ बैशाख २०८१, सोमबार
नैनीतालमा भएको दुर्घटनामा बाँकेका  ५ को मृत्यु 


भारतको नैनीतालमा गएराती भएको सवारी दुर्घटनामा मृत्यु भएकाहरू मध्ये बाँकेको बैजनाथ  गाउँपालिका फत्तेपुर चाँदनी चोकका ५ जना रहेको खुलेको छ । बाँकेका ५० वर्षीय उदय राम चौधरी , ४१ वर्षीय तिलक चौधरी , ५० वर्षीय अन्तराम चौधरी , ६० वर्षीय बिनोद चौधरी, ४५ वर्षीय धिरज चौधरीको ज्यान गएको छ ।

त्यस्तै बर्दिया बबई चेपाङका ६० वर्षीय तोक बहादुर र उच्चाकोट दोलालघाटका ४० वर्षीय रमेश चन्द्रको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको र आफ्नो घर कञ्चनपुर महेन्द्रनगरको बाटो हुँदै फर्कन लागेका थिए ।

Nabintech