१८ बैशाख २०८१, मंगलवार
कोहलपुरमा अनलाइन र मोबाइल पत्रकारिता तालीम


बाँकेको कोहलपुरमा अनलाइन र मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम आइतबारदेखि सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा सुरु भएको तालिमको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले मोबाइल र अनलाइन पत्रकारिता तालिमले पत्रकारहरूलाई खोज मुलुक समाचार संकलन र सम्प्रेषणमा सहयोग पुग्ने बताए ।

उनले प्रविधिको विकास सँगै ठूला क्यामरा बोक्नु पर्ने र क्यामरा पर्सन समेत आवश्यक पर्ने समस्यालाई मोबाइल तालिमले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । साथै उनले समाचार तयार पार्दा स्रोतको पहिचान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले पत्रकारले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताइन । उनले पत्रकार सधैँ स्वतन्त्र भएर समाचार लेख्नु पर्नेमा जोड दिइन । तालीममा प्रशिक्षक जनक नेपाल , नचना बज्राचार्य लगायतले सहजीकरण गरिरहेका छ्न । सोमबार सम्म सञ्चालन हुने तालिममा बाँके जिल्लाका ४ दर्जन बढि पत्रकारहरूको सहभागिता रहेको छ ।

Nabintech