१५ बैशाख २०८१, शनिबार
बैजनाथ गाउँपालिकाको सहयोगमा ३० दिने मोटर ड्राइभिङ तालिम सुरु


कोहलपुर / बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा ३० दिने मोटर ड्राइभिङ तालिम शनिवार देखी सुरु भएको छ । बैजनाथ गाउँपालिकाले न्यु मामा भान्जा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरको संगको सहकार्यमा तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै बैजनाथ गाउपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले युवाहरुलाई रोजगार र स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको बताए । पालिकाका ८ वटा वडाहरू बाट ५ जनाका दरले ४० जना तालिममा सहभागी रहने उनको भनाई थियो । बैजनाथ गाउँपालिकामा बिगत देखी नै सिप र आय मूलक तालिमहरू दिदै आएको अध्यक्ष शाहीको भनाई रहेको छ ।
न्यु मामा भान्जा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक दीपक केसीले ३० दिनमा योग्य र दक्ष चालक उत्पादन  गरिने जानकारी दिए । उनिहरुलाई जिप भ्यान कार लगायतका हल्क सवारी चालकको तालिम दिईने उनको भनाई छ । युवाहरुलाई शिप युक्त बनाउन पालिकाले आफ्नो संस्था संग सहकार्य गरेकाले उनले पालिका परिवारलाई धन्यवाद दिए ।

Nabintech