१५ बैशाख २०८१, शनिबार
मौसम प्रतिकुल बन्दा ज्योती मगरको प्रस्तुती बिहीबार हुने


नेपालगन्ज / नेपालगन्जको वाटरपार्कमा मंगलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तेस्रो दिन बिहीबार ज्योती मगरको बेजोड प्रस्तुती रहने भएको छ ।

प्रतिकुल मौसमका कारण बुधबार ज्योती मगरसहितका राष्ट्रिय कलाकारको प्रस्तुती हुने पूर्वनिर्धारित कार्यक्रम बिहीबार हुने भएको हो । बुधबार स्थानीय कलाकारले आफ्नो प्रस्तु्ती मार्फत दर्शकलाई नचाए । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अनुसार बुधबारको पूर्वनिर्धारित सबै कलाकारहरुको बिहीबार प्रस्तुती रहेनछ ।

बिहीबार विहान ११ बजेदेखि स्थानीय कलाकारको प्रस्तुती रहनेछ भने दिउँसो २ बजेपछि राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको तेस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिए ।

ज्याती मगरका साथ तेस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ, भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले उक्त कार्यक्रमको सञ्चालन गर्नेछन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।

Nabintech