१५ बैशाख २०८१, शनिबार
नेपालगन्जमा भोलिबाट  महोत्सव


नेपाल धरेलु तथा साना उद्योग महासंध बाँके शाखा एवं महिला उद्यमी समितिको मुख्य आयोजना तथा नेपाल धरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज नगर समितीको सह आयोजनामा “मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको” भन्ने मूल नाराका साथ नेपालगन्जमा भोलिबाट (मंगलवार) सातौं प्रादेशिक औधागिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव सुरु हुने भएको छ ।

चैत्र ६ गते देखि १८ गतेसम्म हुने “सातौ प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि, प्रर्दशनी व्यापार एंव पर्यटन महोत्सव नेपालगन्ज १८ वाटरपर्क स्थित खुल्ला मैदानमा लुम्बिनी प्रदेश माननिय तथा पूर्व मन्त्री कृष्णा केसी (नमुना) को प्रमुख अतिथिमा महोत्सवको उद्घाटन समारोह हुने मुल आयोजक समितिले सोमबार पत्रकार सम्मलेन गरी जनाएको छ।

महोत्सवमा स्थानिय स्तरका लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तु एवं सामाग्रीहरू लुम्विनी प्रदेशको मौलिक कला संस्कृतीको प्रदर्शनी, पौराणिक रैथाने उद्योग तथा त्यस सम्बन्धी औजार एवं उपकरणहरूको प्रदर्शनी, स्थानिय तथा प्रादेशिक पर्यटकीय स्थलको जानकारीमूलक प्रदर्शनी, विभिन्न समुदायको मौलिक कला संस्कृती झल्कने खालका सामाग्रीहरुको विशेष आकर्षण रहने महोत्सवका संयोजक मधु खड्काले बताईन ।

स्थानिय अर्गानिक, रैथाने, कृषि उत्पादन, स्थानिय सीपबाट उत्पादित वस्तु, स्वदेशी उद्योगबाट उत्पादन वस्तुको संरक्षण, प्रवर्द्धन तथा बजारीकरणका लागि उद्योग तथा व्यवसायीहरुलाई सहयोग पुऱ्याउँदै स्थानिय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको महोत्सवका संयोजक खड्काले बताईन ।

महोत्सवमा २०० वटा नविनतम प्रविधिजन्य उत्पादनहरु, लघु घरेलु उद्यम तथा स्थानीय स्तरमा उत्पादित बस्तुहरु मेलाको प्रमुख आकर्षणको रुपमा रहनेछ ।महोत्सवमा स्थानिय एवं राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रम हरेक दिन हुने छन भने मेला अवधिभर एक लाख पचास हजार देखी दुई लाखसम्म दर्शक भित्रयाउने लक्ष्य लिएको आयोजक समितिले बताएको छ।

घरेलू तथा साना उद्योगहरूले स्थानीय तथा बाह्य स्तरमा उत्पादन गरेका स्वदेशी सामग्रीहरुको बजार प्रवर्धन, आन्तरिक व्यापार तथा पर्यटन प्रवर्द्धनमा यस महोत्सवले महत्वपूर्ण भूमिका निवार्ह गर्ने आयोजक मुल समितिले जनाएको छ।

Nabintech