१८ बैशाख २०८१, मंगलवार
पत्रकार धितालद्वारा लिखित जनयुद्ध कालिन डायरीहरु माथी बुटवल सम्बाद


पत्रकार मनऋषि धितालद्वारा लिखित जनयुद्ध कालिन डायरीहरु माथी आज बुटवलमा सम्बाद गरिएको छ । जनयुद्धको अवधीमा पत्रकार धितालले लेखेको डायरीहरुलाई गुफा भित्रका चिट्ठी , जेलयात्रा , बेनी यात्रा , आधार यात्रा , राजमार्ग यात्रा , पिलि यात्रा र गण्डक यात्रा को नाममा पुस्तकको रुप दिइएको छ ।

आफुले जनयुद्धमा देखेका भोगेका र जनयुद्धमा लागेका र भेटेका पात्रहरुका कुराहरुलाई पुस्तकमा यथार्थ लिपीबद्द गरिएकाले यी पुस्तकहरुमा जनयुद्धको वास्तविक रुप देख्न सकिने लेखक धितालले बताउनु भयो । “मेरा ४६ वटा डायरीमा जे समेटिएका छ्न । ती दुरुस्त किताबमा छ्न , जनयुद्धको इतिहास लिपिबद्द गर्ने उद्देश्यले प्रकाशन रुपमा ल्याएको छु यी डायरीहरु बचाउने जिम्मा तपाईंहरुको हो । ” उहाँले भन्नू भयो ।

वरिष्ठ साहित्यकार, पत्रकार एवं अधिबक्ता दिल साहनीकोको अध्यक्षतामा बुटवलमा भएको सम्बादमा यस क्षेत्रका सहित्यकार, पत्रकार एव राजनीति दलका नेताहरुले जनयुद्धले समाजमा सकारात्मक प्रभाव पारेको र राजनीतिक परिवर्तन ल्याएकोमा कुनै दुईमत नभएकोमा जोड दिनु भएको थियो । उहाँहरुले लेखकको जनयुद्धको भोगाइ पुस्तकको रुपमा पाउनुले जनयुद्धको सकारात्मक र नकारात्मक पाटाेको उजागर हुने पनि बताउनु भयो । कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार मदनलाल पौडेल , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक नारायण जिसी निर्मल, प्रदेश समिती सदस्य सुजित बिक, साहित्यकार तथा पत्रकार गुरुदत्त ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, पुस्तकका सम्पादक राजकुमार कुँवर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Nabintech