२३ बैशाख २०८१, आईतवार
नेपालगञ्जमा श्रोत नखुलेको ३८ लाख सहित ३  पक्राउ 


नेपालगञ्जको न्युरोडबाट आइतबार अपरान्ह ३८ लाख ६४ हजार रुपैयाँ सहित ३ जनालाई बाँके प्रहरीले पकाउ परेको छ भने १ जना फरार भएका छन ।

बाँके प्रहरीका अनुसार  जिल्लाको नेपालगञ्ज उप– महानगरपालिका वडा नम्बर ४ बागेश्वरी मन्दिरको पूर्वी गेट नजिकै  भित्री सटरमा कार्यालय बनाई हुन्डी अर्थात पैसाको गैर कानुनी कारोबार गरिरहेको सूचनाको आधारमा  राष्ट्रिय अनुसन्धान विभागको टोली र नेपाल प्रहरीको  टोलीले उनीहरू लाई पक्राउ गरेको हो । 

प्रहरीले बारबर्दिया –२ बर्दिया घर भएकी २५ बर्षिया पूर्णिमा चौधरी , बर्दिया राजापुर –११ का २० बर्षिया अनुप थारू र नेपालगञ्ज –१६ जैसपुरका ३६ बर्षिया हबिब अहमद जसगढ लाई  पक्राउ गरेको हो । उनीहरू बाट ३८ लाख बढि रकम बरामद भएको छ भने घटना स्थलबाट २५ लाख बढि रकम सहित  अन्य एक  फरार भएको पक्राउ परेका हरुको बयानको आधारमा समेत खुलेको छ ।

पक्राउ परेको जसगढको कार्यालयमा प्रहरीे टोलीले गरेको प्रारम्भिक छानबीनमा पैसाको गैर कानुनी हुन्डी कारोबार व्यक्तिले बिभिन्न व्यक्तिका लागी नेपालको काठमाण्डौ देखि भारतका बिभिन्न ठाउंहरुमा पैसा उपलब्ध गराइदिए बापत ३ देखि ४ प्रतिशत सम्म कमिसनका लिने गरेको प्रहरीको दाबी छ ।  

Nabintech