१८ बैशाख २०८१, मंगलवार
जीवन ज्योतिको चौथो तथा अन्तिम अभिभावक दिवस २०८० सम्पन्न


कोहलपुर १० मा रहेको जीवन ज्योति स्कुलले शनिवार चौथो तथा अन्तिम अभिभावक दिवस  २०८० सम्पन्न गरेको छ । सो अवसरमा कक्षा ५ देखी ९ सम्मका विद्यार्थीले नृत्य , नाटक लगायतका अतिरिक्त कृयाकलाप गरेका थिए । उक्त अभिभावक दिवसमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी कुनै न कुनै अतिरिक्त क्रियाकलापमा सहभागी गराइएको विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले बताए ।

उनले विद्यालय स्थापनाका सुरुवाती दिन सम्झदै विद्यालय यो अवस्था सम्म ल्याउन भूमिका खेल्ने सबै लाई धन्यवाद दिए । उनले शिक्षक कर्मचारी , अभिभावक र विद्यालय प्रशासनको मेहनतले यो अवस्था सम्म आई पुगेको बताए । उनले जीवन ज्योति स्कुलले आर्थिक हैसियत भएकाहरू सँग पैसा लिने र नहुनेहरू लाई निशुल्क र छुटमा उत्कृष्ट शिक्षा दिएको बताए  । सेवा बाहेक आफ्नो कुनै स्वार्थ नभएको भन्दै फादर जोमन जेम्सले आफू घर परिवार , समाज र देश प्रति जिम्मेवार र जवाफदेही नागरिक उत्पादन गर्न लागी परेको बताए ।कार्यक्रममा बोल्दै नेपाल क्याथोलिक परिषदका सदस्य फादर सिलास बोगटी बोगटीले आफूहरूले शिक्षा क्षेत्रमा सेवा भावले सहयोग गर्नका लागी देशभर सेन्ट जेभियर्स स्कुल लगायत २७ स्कुल स्थापना गरेको बताउँदै त्यस मध्येको बाँकेको कोहलपुरमा रहेको जीवन ज्योति स्कुल पनि  एक विद्यालय भएको बताए ।

उनले सुरुवाती दिनमा जीवन ज्योति विद्यालयको लागी जग्गा खरिद गरि सकेर पनि भवन निर्माण र सञ्चालनमा बिभिन्न खाले समस्या भोगेका स्मरण गरेका थिए । उनले जीवन ज्योति सञ्चालन र व्यवस्थापनका लागी सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले पश्चिम नेपालमा जीवन ज्योति आफूहरूको डिम प्रोजेक्ट भएको भन्दै आगामी दिनमा उच्च मावि तह , प्राविधिक धारका साथै स्मार्ट र नमुना विद्यालय बनाउँदै लगिने बताए । कार्यक्रममा जीवन ज्योति विद्यालय लाई स्थापनाकाल देखी सघाउ पुर्याउँदै आएका लिन्स टु नेपालका प्रमुख गोड्रेडले विद्यार्थीको प्रतिभा प्रदर्शनीको प्रशंसा गरेका थिए ।

उनले आगामी दिनमा पनि विद्यालय लाई सघाउ पुर्याउने प्रतिवद्धता जनाउदै एक उत्कृष्ट विद्यालयको रुपमा विकास गरेको भन्दै फादर जोमन जेम्स र विद्यालय परिवार लाई धन्यवाद दिए । कार्यक्रममा कोहलपुर नगरपालिका नगर शिक्षा शाखाका विद्यालय निरीक्षक रविलाल मिजारले जीवन ज्योति विद्यालय नमुना विद्यालय भएको बताए । उनले जीवन ज्योति गतिमा अगाडि बढिरहेको भन्दै शिक्षा सबैका लागी भन्ने नारा लाई व्यवहारिक रूप दिएको बताए । नर्सरी देखी कक्षा १० सम्म सञ्चालनमा रहेको जीवन ज्योतिले कक्षा अनुसार फरक फरक मितिमा अभिभावक दिवस मनाउँदै आएको छ ।

Nabintech