५ जेष्ठ २०८१, शनिबार
राप्ती सोनारी ४ मा वडा स्तरीय परिक्षा हुने


बिद्यार्थी र बिद्यालयको शैक्षिक स्तर मापन पछि सुधारका लागि राप्ती सोनारी ४ मा एक द्वार प्रणाली लागू गरिएको छ ।

सोमवार वडा स्तरीय शिक्षा समितिको बैठकले वडामा रहेका सामुदायिक विधालयहरुमा गुणस्तरीय शिक्षाका लागि एक द्वार प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

अब आउने बार्षिक परिक्षाको लागि विज्ञ सहितको प्रश्न्न पत्र बनाउने तयारी गरेको छ । समितिले कक्षा १ देखि ३,४,५,६,७ र ९ सम्मका लागि एउटै प्रश्नन पत्र तयार गरेर हरेक परिक्षा केन्द्रमा फरक विधालयको शिक्षकलाई केन्द्रा अध्यक्ष तोकेको छ । राप्ती सोनारी ४ का वडा अध्यक्ष तथा वडा स्तरीय शिक्षा समितिको संयोजक समेत रहेका मिनराज खड्का सन्तोषले राप्ती सोनारीमै पहिलो पटक नयाँ अभ्यास गर्न लागेको जनाए । उनले शिक्षक को मापन बिध्यालयको मापन र बिध्यार्थिको मापन गरि त्यसका आधारमा मुल्यांकन गर्ने साथै सुधारको लागि समेत यो प्रणालीले अहम भुमिका खेल्ने विश्वास रहेको छ । परिक्षामा नेरा मावी धामपुर, नेरा मावी राजपुर, जनशक्ति मावी बैजापुर , नेरा आधारभूत सुर्यलालपुर , माहु र सिमामा रहेको आवि विधालयको गरि १ हजार बढी विधार्थी सहभागी हुने भएका छन । परिक्षाको लागि संयोजक जनशक्ति मावी बैजापुरका प्रअ जित बहादुर थारुलाई तोकेको छ, यसैगरी धामपुरमा केन्द्रा अध्यक्ष विष्णु रसाइली , बैजापुरमा केन्द्रा अध्यक्ष दिल बहादुर थारु , सुर्यलालपुरमा जित बहादुर थारु र राजपुरमा राजेश थारुलाई केन्द्राध्यक्ष तोकेको छ ।

Nabintech