१८ बैशाख २०८१, मंगलवार
स्काउटले मनायो सहिद दिवस


कोहलपुर / सहिद दिवसको अवसरमा नेपाल स्काउट अनतर्गत रहेको जी.भी.एन. स्काउट क्रीयू, नेपालगन्जले दीप प्रज्वलन गरेको छ । कोहलपुरको मुख्यचोक चौराहामा सहीदहरुको फोटोमा माल्यार्पण गरि दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा जी.भी.एन. स्काउट क्रीयूका रोभर रेन्जरहरुको सहभागितामा सहिदहरुले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै दीप प्रज्वलन कार्यक्रम गरिएको जी.भी.एन. स्काउट क्रीयूकी रेन्जर पुर्णिामा आचार्यले बताइन् ।
कार्यकममा दीप प्रज्वलन गर्दै आचार्यले नेपालका वीर सपुतहरुले दिएको योगदानकै कारण १०४ वर्षको जहानिया तानाशाही राणा शासनको अन्त्य भएको बताइन् । सबै देशभक्त नेपालिले सहिदहरुको उच्च सम्मान गर्दै उनिहरुको योगदानको स्मरण गर्नुपर्ने समेत उनले बताइन ।
यसैगरी कार्यक्रममा जी.भी.एन. स्काउट क्रीयूकी रेन्जर अर्पना आचार्य,प्रकृति बोगटी,सलिना कार्की र रोभर प्रतीक खड्का लगाएतले सहिदहरुले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

 

Nabintech