२३ बैशाख २०८१, आईतवार
कोहलपुरमा घरेलु महासंघको आयोजनामा माघ २५ देखि महोत्सव सञ्चालन हुने


बाँकेको कोहलपुरमा यही माघ २५ देखि फाल्गुण ५ गते सम्म सञ्चालन हुने पाँचौ औद्योगिक लघु ,घरेलु तथा कषि , प्रविधि ब्यापार महोत्सव सञ्चालन हुने भएको छ ।

घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो । घरेलु तथा साना उद्योगहरूबाट निर्मित सामाग्रीहरू, कृषिका विविध विधासँगै घरेलु हस्तकला काष्ठकला एवं नेपाली कपडाका स्टलहरू रहने घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जिसीले जानकारी दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष जि सि.ले महोत्सव उत्पादित सामाग्रीहरूको प्रचार प्रसार र प्रर्दशनी गर्ने अवसरका रुपमा लिनुपर्ने बताए ।

”मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको” भन्ने आर्कषक नाराका साथ आयोजना हुने महोत्सवमा बिभिन्न बस्तु तथा सामाग्रीहरूको ३ सय देखि ३ सय पचास स्टलहरू रहने आयोजकले जनाएको छ । अपांग तथा जेष्ठ नागरिकहरूलाई परिचय पत्रका आधारमा निस्शुल्क प्रवेश दिइनुका साथै यस पटक तीन वटा मञ्च निर्माण गरि अतिथि एवं बिशिष्ठ, अपांग तथा ज्येष्ठ नागरिक र आयोजक, पत्रकार र कलाकारहरूलाई छुट्टा छुट्टै आसन ग्रहण गर्ने स्थान तय गरिने आयोजकले पत्रकार सम्मेलनमा उल्लेख गरेको छ । मंगलवार सम्म १३ स्टलहरु बुकिङ भईसकेको उल्लेख गर्दै घरेलु महासंघ कोहलपुरका महासचिव हिमलाल घिमिरेले ग्रामिण स्तरका किसानहरुको समेत स्टल राख्न आफुले चाहेको भन्दै स्थानिय सरकार र घरेलु कार्यालयको सहयोगमा उपलब्ध हुने निस्शुल्क स्टल लिन किसानहरुलाई समेत आव्हान गरेका छन ।

महोत्सवको अबधिभर १ घण्टाको टक शो कार्यक्रमको आयोजना गरि उक्त दिनको महोत्सवको अवस्थावारे प्रतिक्रिया लिने र अर्को दिन उक्त कुरालाई फिड ब्याककारुमपमा लिएर महोत्सवलाई सौम्य, शान्त र सौहार्द बनाउन चाहेको महासचिव घिमिरेको जिकिर रहेको छ । सुरक्षाका दृष्टिले सि.सि.टिभी सहित तीनवटा आपतकालीनद्धार रहने र अन्य सुरक्षा बन्दो बस्तीकालागि नगर प्रहरी तथा सरकारी सुरक्षा निकायसँग समन्वय समेत भइरहेको जानकारी दिए ।

महोत्सवमा  थारू संग्रहालय , मगर संग्रहालय लगायत स्थानीय लोपउन्मुख खाद्य बस्तुका स्टल स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम रहने बताईएको छ । महोत्सवमा २ लाख दर्शक भित्राउने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा घरेलु महासंघका केन्द्रिय सदस्य शेषकान्त शर्मा , लुम्बिनी प्रदेश महासचिव जयस्वर पौडेल सुमन, जिल्ला अध्यक्ष मधु खडका ,  कोहलपुर नगरका बरिष्ट उपाध्यक्ष एम डि कडेल ,महिला उद्यमी समितिकी अध्यक्ष डिला कुमारी तिवारी, नगर समितिका सदस्य ईश्वर शर्मा, पदाधिकारीको उपस्थिति रहेको थियो ।

Nabintech