२१ बैशाख २०८१, शुक्रबार
विधान महाधिवेशनका लागी सुझाव संकलन गर्दै माओवादी कोहलपुर


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुर नगर समितिले यही फागुन १ देखि ३ गते सम्म काठमाण्डौमा आयोजना हुने विधान महाधिवेसनका लागी सुझाव संकलन सुरु गरेको छ ।

कोहलपुर नगर समितिले मंगलबार पार्टी कार्यालयमा कोहलपुरमा रहेका नेता कार्यकर्ता सँग सुझाव संकलन गरेको नगर अध्यक्ष अवराज खड्काले जानकारी दिए ।

समितिले वडा तह सम्म पार्टीको विधान लाई समृद्ध बनाउनका लागी सुझाव संकलन अभियान चलाएको छ । कार्यकर्ताबाट आएका सुझावहरू लाई लिपिबद्ध गरि केन्द्रमा पठाइने नगर अध्यक्ष खड्काले बताए । उनले नगर स्तरमा १९ गते सम्म सुझाव संकलन लाई जारी राखिने समेत बताए । उनले कार्यकर्ताहरू बाट सानो , चुस्त र प्रत्यक्ष निर्वाचन बाट नेतृत्व चयन गर्न सुझाव आएको बताए ।नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जिल्लाका तर्फबाट २० गते वृहत सुझाव संकलन गरि केन्द्रमा पाठाईने जानकारी दिए ।

Nabintech