१७ बैशाख २०८१, सोमबार
संस्थागत सुधारमा खजुराको छलाङ


बाँकेको खजुरा गाउँपालिकाले संस्थागत सुधारमा छलाङ मारेको छ । स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन ९लिजा० मा गत वर्ष आफैंले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा छलाङ मारेको हो । खजुरा गाउँपालिकामा गाउँपालिका प्रमुख डम्बर बहादुर विक नेतृत्वको जनप्रनिधिको टिम आएपछि लिजामा खजुरा गाउँपालिकाले आफ्नो अंक सुधार गर्दै संस्थागत सुधारमा छलाङ मारेको हो । आर्थिक वर्ष २०७९/०८० मा ८० प्रतिशत अंक ल्याउन सफल भएको सूचना तथा प्रविधि शाखा प्रमुख सुरेश शाहुले जानकारी दिए ।

उनका अनुसार खजुरा गाउँपालिकाले गत आर्थिक वर्ष ०७८/०७९ मा ७३.२५ प्रतिशत अंक हासिल गरेको थियो भने ०७७/०७८ मा केवल ४३ प्रतिशत अंकमात्रै हासिल गरेको थियो । शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ।

समग्रमा एक सय अंकलाई आधार मानेर मूल्यांकन गर्ने गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिए । उनका अनुसार वार्षिक बजेट तथा योजना व्यवस्थापन ७ अंक , वित्तिय तथा आर्थिक व्यवस्थापनमा १० अंक , शासकीय प्रवन्ध ८.७५ अंक,संगठन तथा प्रशासनमा ७.५ अंक,न्यायिक कार्य सम्पादनमा ७ अंक, भौतिक पूर्वाधारमा ८अंक , सामाजिक समावेशीकरणमा ९.५ अंक,वातावरण संरक्षण तथा विपदमा ५अंक, सहकार्य र समन्वयमा २.७५ अंक,सेवा प्रवाहमा १४.५ अंक हासिल गरेको जानकारी दिए । जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त भएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले बताए । संस्थागत सुधार ल्याउनु भनेको विधि र पद्धतिलाई कार्यान्वयन गर्नु हो । अझ अर्को हिसावले भन्ने हो भने जनप्रतिनिधिलाई पनि कानुनको दायरामा थप कसिलो बनाउँदै जानु हो । सुशासन, आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर पालिकाले काम गर्दै आएको छ।

Nabintech