१८ बैशाख २०८१, मंगलवार
राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड सुरु


‘१६ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा छैठौं राप्ती सोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८०’ बिहीबारबाट सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाको आयोजना, जनशक्ति माध्यमिक विद्यालय बैजापुरको सञ्चालन तथा ब्यवस्थापनमा उक्त प्रतियोगिता सुरु भएको हो ।

जनशक्ति माध्यमिक विद्यालय बैजापुरको खेल मैदानमा उक्त प्रतियोगिताको प्रमुख अतिथि एवम राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले औपचारिक रुपमा उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै उनले राप्ती सोनारी खेलकुदको उर्वर भुमी रहेको र खेलकुद र खेलाडीका लागि गाउँपालिकाले धेरै काम गरेको बताए ।

जनशक्ति माध्यामिक विध्यालयका ब्यवस्थापन समिति अध्यक्ष प्रदिपकुमार रजकको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा पुर्वमन्त्री एवम विशिष्ट अतिथी प्रेमबहादुर भण्डारी, गाउँपालिका उपाध्यक्ष एवम् विशिष्ट अतिथी मनिषासिंंह थारु, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मिनकुमार थारु, गाउँपालिकाको खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, नेपाल शिक्षक महासंघ राप्ती सोनारीका अध्यक्ष मोहन खनाल लगायतले बोलेका थिए ।

उद्घाटन समारोहमा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, सचिव सुधान्सु कोइराला,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष धनीकुमारी खत्री, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेल, वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगी, रास्वपा राप्ती सोनारी सभापति भुपेन्द्र ओली, ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज एवम् वरिष्ठ सई लोकेन्द्रसिंह कार्की, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगिता ३ दिनसम्म चल्ने र विभिन्न विधामा प्रतिस्पर्धा गराइने आयोजक राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन क्रिकेटका राष्ट्रिय खेलाडी समेत रहेकी सञ्चारकर्मी ममता थापाले गरेकी थिइन् । प्रतियोगिताको उद्घाटन शत्रमा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

Nabintech