१८ बैशाख २०८१, मंगलवार
लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा खेल : मन्त्री नमुना 


लुम्बिनी प्रदेश सरकार शहरी विकास मन्त्री कृष्णा केसी ( नमुना ) ले विद्यालय तहबाटै खेलकुद लाई प्राथमिकता दिनुपर्ने बताइकी छन । प्रथम वडास्तरीय अध्यक्ष कप खेलाडी छनौट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री नमुनाले यस्तो बताएकी हुन ।

उनले लुम्बिनी प्रदेश सरकारले खेलाडी र खेल पूर्वाधारको विकासका लागी ध्यान दिने समेत बताइन । उनले खेल र खेलाडी राष्ट्रका गहना भएको समेत बताइन । राप्तीसोनारी गाउँपालिका ७ को अमर ज्योति माविमा सञ्चालन भएको छनोट खेलमा वडाका १० विद्यालयहरूको सहभागिता रहेको वडा अध्यक्ष राम लखन थारूले जानकारी दिए ।

कार्यक्रममा झण्डै ५ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थारूले वडा सरकारले वडामा खेलकुद लाई प्राथमिकतामा राखेको बताए ।

Nabintech