२३ बैशाख २०८१, आईतवार
सिद्धेश्वर क्यापस लाई प्राविधिक धारमा लैजान मन्त्री नमुनाको जोड


लुम्बिनी प्रदेशी शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले राप्ती सोनारी ६ मा रहेको सिद्देश्वर बहुमुखी क्यापस लाई प्राविधिक धारमा लैजानु पर्नेमा जोड दिएकी छन ।

सिद्देश्वर बहुमुखी क्यापसको क्यापस सभा २०८० लाई सम्बोधन गर्दै उनले प्राविधिक धारमा लैजानु पर्नेमा जोड दिएकी हुन । उनले त्यसका लागी आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन । विगतमा पनि क्यापसको भौतिक पूर्वाधारमा सहयोग गर्दै आएकी नमुनाले आगामी दिनमा पनि सहयोग लाई जारी राख्ने बटान । शिक्षा क्षेत्रको विकासले मात्रै अन्य क्षेत्रको विकासमा टेवा पुग्ने भन्दै उनले शिक्षा क्षेत्रको विकासमा जोड दिइन ।

कार्यक्रममा संघीय सांसद सूर्य ढकाल , राप्ती सोनारी ६ का अध्यक्ष लब राज खेरल लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम पछि नमुनाले राप्ती सोनारी ६ मा रहेको सहिद स्मृति पार्कमा रहेको सहिदको प्रतिमामा माल्यार्पण समेत गरेकी छन । उनले सहिद बुद्धि बल पुनको प्रतिमामा माल्यार्पण गरेकी हुन ।

Nabintech